११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार पिपलडाँडामा हाजिरीजवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको छ ।
चण्डेश्वरी महिला बचत तथा ऋण सहकारीको आयोजना र सामुदायिक सारथी र टुकीसंघ सुनकोशीको सहयोगमा आयोजित हाजिरीजवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम मार्फत महिलाहरुको क्षमता अभिवृद्धि तथा क्षमता मापनका लागि यो अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकले बताउनुभयो । यसरी आयोजीत प्रतियोगितामा पुरस्कारको रुपमा भने महिलाहरुको लागि अत्यावश्यक सामग्री सेनेटरी प्याड प्रदान गएिको थियो । सहकारीका सदस्यहरु विचमा दैनिक जस्तै महिला संग सम्बन्धीत विषयलाई समेटेर बनाइएको प्रश्न समावेश गरि हाजीरी जवाफ प्रतियोगिता गरिएको थियो । जिल्ला समन्वय समितिको उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष तोक बहादुर तामाङ्गको विषेश आतिथ्यता, जनप्रतिनिधि, समाजसेवी, तथा सहयोगी संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यतामा सहकारीका सदस्य तथा अन्य महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै सहयोगी संस्थाका तर्फबाट सामुदायिक सारथीका जिल्ला संयोजक उमेश विश्वकर्माले यो आम श्रमीक महिलाहरुको लागि हक अधिकारका लागि आवाज बुलन्द गर्न यस्तो दिवसहरु यस्तै रचनात्मक कार्य हुनुपर्नेमा जोड दिनु भयो । हाल दिवस मनाउने नाममा विदा दिने प्रचलनले दिवस केवल विदाको लागि मात्रै हो भन्ने जस्तो देखिन थालेको बारे दुख व्यक्त गर्नु भयो । आगामी दिनमा दिवसहरु यस्तै रचनात्मक कार्यगरेर मनाउन आवश्यक रहेको बताउनु भयो । त्यस्तै वडाध्यक्ष तोक बहादुर तामाङ्गले महिलाहरु पनि अव सचेत सक्षम रहेको छ भन्ने आजको प्रतियोगिताको नपतजाले देखाएको छ । आफू निर्वाचित भए पछि महिलालाई प्राथमिकतामा राखेर नै बजेट तर्जूमा गर्ने गरिएको बताउनु भयो । प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले अब महिला चुलोचौकोमा मात्र सिमिति छैन । यो देशको सर्वाेच्च पद राष्ट्रपतिमा महिला हुनुले महिलको क्षमता पुष्टी गरेको छ भन्नु भयो । साथै महिलाले पनि आफुलाई समय सापेक्ष तयार गर्दै अगाडी बढ्ने कोशीस गरेमा यसको प्रतिफल अवश्य पनि प्राप्त हुने बताउनु भयो ।
