सम्पर्क

प्रहरीको सक्रियता बढ्यो बिभिन्न आरोपमा रहेकाहरुलाइ कार्बाही

पछिल्लो समयमा नेपाल प्रहरी बिभिन्न अपराधमा सग्लग्न रहेकाहरुलाइ तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउँन लागी परेको समाचारहरु प्राप्त भइ रहेका छन । प्रहरीको यो सक्रीयताले अपराधीक गतिबिधीमा कमी आएको महशुस गरिएको छ । बिभिन्न घटनामा सग्लग्न ब्यक्तीहरु फरार सुचीमा रहेर बिदेशीने गरेको भएता पनी नेपाल प्रहरीको सक्रीयताले बिदेसमा रहेको अबस्थामा समेत पक्राउ पर्ने गरेको हुँदा अपराधीक घटनामा कम आएको महशुस गरिएको हो । पछील्लो समाचार अनुसार इन्टरपोलबाट ’रेड नोटिस’ जारी भएका फरार ब्यक्ती सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यलय महानिरिक्षकको सचिबालयले जनाएको छ । सचिबालयका अनुसार आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ परे पश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्र विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ’डिफ्यूजन’ तथा पुनः २०७७ साउन १९ गते ’रेड नोटिस’ जारी गरिएको थियो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ ।यसै गरि कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् ।
२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ’रेड नोटिस’ जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेका थिए ।
उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने उक्त शाखाले जनाएको छ । सचिबालय बाट प्राप्त अर्काे समाचार अनुसार काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय २६ ट्याब्लेट, ट्रामाडोल ९० क्याप्सुल र कोरेक्स २ बोतल सहित सप्तरी सिसुवा नगरपालिका–१ बस्ने १९ वर्षीय प्रदिप साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजदेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.०३–००१ ख ०७२३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–५ गणेशटार सुइटेखोलाबाट करिब ३१ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय धिरज राई र ५१ वर्षीय युवराज राई रहेका छन् । उक्त स्थानमा लागूऔषध कारोबार भइहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, गोजन्जोर गाउँपालिका–५ खनियाखर्कबाट करिब १ केजी ९ सय २४ ग्राम अवैध लागूऔषध सहित कमलामाई नगरपालिका–६ रातामाटा बस्ने १९ वर्षीय सन्दिप बर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.४ च ३२६८ नम्बरको बोलेरो गाडीलाई प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सचिवालयबाट प्राप्त अर्काे समाचार अनुसार
धनगढी उपमहानगरपालिका–४ बोराडाडी बस्ने शेर सिह ठगुन्नाको किराना पसलमा तास खेलिरहेको अवस्थामा ठगुन्ना सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५० रूपैयाँ र १ थान चेक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
महानिरिक्षकको सचिवालयबाट प्राप्त समाचार अनुसार
रुपन्देही, मायादेवी गाउँपालिका–४ गुण्डीस्थित सडकमा बा.६ च ९४४७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ बर्षीय रामकेवल मल्लाहको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित सडकमा बा.२ ख ५१५५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने टेकेन्द्र कुँवरकी छोरी १६ वर्षीया स्वस्तीका कुँवरको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकमा ड्युटीमा खटिएका अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार भुपेन्द्र शाहीको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना प्रहरी कर्मचारीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त चोकमा ट्राफिक सहितको संयुक्त चेकिङ भइरहेको अवस्थामा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको सो मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको थियो ।
महोत्तरी, औरही नगरपालिका–४ कठुधारमा अनटेष्ट लेखिएको मोटरसाइकललाई प्र.२–०२–००१ च ०८४१ नम्बरको गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ बस्ने २२ वर्षीय संजित मण्डल र मोटरसाइकलमा सवार सम्सी गाउँपालिका–१ पर्सा बस्ने १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका–२ स्थित सडकमा सु.प्र.प.०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु.७८ प ९६६१ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर खाँदा मोटरसाइकल चालक बुद्धभूमि–८ डुमरा बस्ने ४० वर्षीय गणेश आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपरा अस्पताल हुँदै एडभान्स सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै बिच
सुनसरी, बराहक्षेत्र नगरपालिका–३ बाङ्गे बस्ने २७ वर्षीय नबिन कार्कीको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कार्कीको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका–९ बस्ने ३४ बर्षीय रतन कोईरालाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । सोही नगरपालिका–१० स्थित अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अर्काे समाचार अनुसार
तामाकोशी गाउँपालिका–७ बुकुनिखरी खानीमा काम गर्ने क्रममा माटोको ढिस्कोमा पुरिएर २ जनाको सोमबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा धादिङ रोराङ गाउँपालिका–२ राहुलडाँडा बस्ने २२ वर्षीय सन्तोष तामाङ र मकवानपुर स्थाई घर भई धादिङ रोराङ गाउँपालिका–२ राहुलडाँडा बस्ने २३ वर्षीय बसन्त तामाङ रहेका छन् ।
खानीमा काम गर्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर उनीहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छोडे र ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा दुवै जनाको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सचिवालय द्धारा प्राप्त समाचार अनुसार
काठमाडौं महानगरपालिका–१२ टेकु डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी ४८ वर्षीया टेक कुमारी घर्ती क्षेत्री आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–१० स्युचाटार अमरज्योति स्कुल नजिक सडक पेटीमा मोरङ सुन्दरहरैचा नगरपालिका–६ गोठगाउँ घर भई स्युचाटार बस्ने ७५ वर्षीय कृष्ण बहादुर आचार्य सोमबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, चाँगुनारायण नगरपालिका–७ बागरेस्थित टहराभित्र हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका–१० कुपण्डोल बाग्मती पुलमुनि भक्तपुर चाँगुनारायण नगरपालिका–७ बागेश्वरी घर भएका ४५ वर्षीय बिनोद गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, शिवसताक्षी नगरपालिका–११ सताक्षीधाम मन्दिरस्थित गुरुकुल भवनको अतिथिगृहको कोठामा भारत मुम्बई घर बताउने ५५ वर्षीय महेश शिवाजी पाटिन सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, धरान उपमहानगरपालिका–११ ओमशान्ति मार्गस्थित घरको प्यासेजमा ४५ बर्षीय प्रकाश तामाङ सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै बिच
तेह्रथुम, फेदाप गाउँपालिका–४ बस्ने कुमार कार्कीको घर र गुवालीमा सोमबार दिउँसो आगलागी हुँदा घर र गुवाली पूर्णरूपमा जलेर करिब १६ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर, कैलाश गाउँपालिका–९ थामलेख किटभन्ज्याङ बस्ने सुरज थिङको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, हल्दिबारी गाउँपालिका–१ बस्ने बिर्ख बहादुर बस्नेतको घरमा सोमबार साँझ आगलागी हुँदा नगद २ लाख ९० हजार रुपैयाँ, ५ तोला सुनका गरगहना तथा घर पूर्णरूपमा जलेर करिब ११ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानियवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समाचार प्राप्त भएको छ । यसै गरी भक्तपुर, सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । समाचार अनुसार धादिङ, गजुरी गाउँपालिका–२ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा जेब्रा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका–३ स्थित सडकबाट करिब २५ किलोग्राम अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।