सम्पर्क

जलवायु परिवर्तन अनुकुलन र विपद जोखिम न्युनिकरण विषयक कार्यक्रम

टेवा संस्थाको आर्थिक सहयोग, प्रकृती रिसोर्ज सेन्टरको प्राविधिक सहयोग र आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा एक दिने जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्युनिकरण विषयमा स्थानिय सरकारको नीति तथा कार्यक्रम विषयक स्थानिय सरकार, समुदाय र सरोकारवाला विच छलफल कार्यक्रम सञ्चालन गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकामा बुधबार कार्यक्रम सञ्चालन गरिएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको सभाध्यक्षता, अतिथि चौतारा सागाचोकगढी नगरपालिकाको प्रशासकिय अधिकृत फणीन्द्र पौडेल, अधिकृत दुर्गा प्रसाद ढुङ्गेल, पशु सेवा शाखा प्रतिनिधि मैया कुमारी घिसिङ्ग, कृषि शाखाका रामहरी दाहाल, कार्यापालिका सदस्य रोजिना घतानी, कमला श्रेष्ठ, प्रविनमान सिं, प्रज्ञा सेरचन, ङेम्लिङ लामा, हरि विश्वकर्मा, रिना श्रेष्ठ लगाएत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तन यसका असरहरु विपद जोखिम न्युनिकरणका लागी सरकारवादी नीति तथा नियम के कस्ता छन्, सरकार तथा स्थानिय निकायको भुमिकबारे प्रकृति रिसोर्ज सेन्टरका कार्यक्रम संयोजक प्रविनमान सिं र प्रज्ञा सेरचनबाट प्रशिक्षण गराउनु भएको थियो । समुदाय स्तरमा जलवायु परिवर्तनबारे सचेतना कम रहेको ,अव्यवस्थित विकास निमार्णका कार्यले वनजँङगलको विनाश भई बाढी, पहिरो जस्ता प्राकृतिक विपत्ति खेपिरहेको, प्राकृतिक स्रोत तथा संसाधनको व्यवस्थापन नभएको, वन फडानी आगोलागि, परम्परागत स्रोत र साधनहरुको विनाशका कारण परेको असरलाई न्युनिकरण गर्न स्थानिय निकाय तथा सरोकारवालाहरुको कार्य नीतिबारे छलफल गरिएको थियो । प्राकृतिक स्रोतको व्यवस्थापन, रैथाने वाली प्रक्रिया, जोखिमका क्षेत्र पहिचान, विभिन्न वडाहरुमा वन व्यवस्थापन समिती निमार्ण र संरक्षण सहितको विकास आवश्यक रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रशासकिय अधिकृत फणिन्द्र पौडेलले बताउनुभयो । जलवायु परिवर्तन भनेको के हो,यसका असर, असर न्युनिकरणका लागी स्थानिय सरकारका नीती तथा कार्यक्रमबारे जानकारी लिई आगामी दिनमा समुदाय स्तरमानै जलवायु परिवर्तनबारे सचेतना फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष पानमाया तामाङले बताउनु भयो । जलवायु परिवर्तनले पारेको असरलाई न्युनिकरण गर्नका लागि समुदाय स्तरलाई नै सचेत गराउन आवश्यक रहेको निष्कर्ष कार्यक्रमको छलफलबाट गरिएको थियो ।