नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाको उपभापतीका लागी आधा दर्जन अनुहारहरु देखीएका छन् । जसमा नेपाल तरूण दलको नेतृत्वमा रहेर काम गरेका अनुहारहरू अगाडि देखिएका छन् । लामो समयदेखि पार्टीमा सक्रि रहि नेपाल तरूण विभागको जिल्ला संयोजक बन्नुभएका सोम बहादुर तामाङले पनि आफ्नो बलियो दावेदारी प्रस्तुत गर्नुभएको छ ।२०४६ को जनआन्दोलनदेखि नेपाली कांग्रेसप्रति आस्था बढेपछि उहाँले नेपाली कांग्रेसलाई रोज्नुभएको बताउनुभयो । त्यसपछिको समयमा १४ बर्षको हुंदा २०४८ सालमा नेपाली कांग्रेसको साधारण सदस्यता लिंदै उहाँको राजनितिक यात्रा सुरू भएको हो । २०५२ सालदेखि क्रियाशिल रूपमा पार्टीको संगठन विस्तारको अभियानमा तामाङ निरन्तर लागिरहनुभएको छ । २०५४ मा नेपाल तरूण दलको क्षत्रिय सदस्यको जिम्मेवारीमा रहेर काम गरेको अनुभव पनि तामाङसंग छ । यस्तै २०६० मा तरूण दलको जिल्ला सदस्य हुँदै जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहि नेपाल तरूण दललाई चलाएमान बनाई तरूण साथिहरूलाई एकीकृत गराई बलियो संगठन बनाउन तामाङको महत्वपूर्ण भुमिका रहेको थियो ।
त्यहि जिम्मेवारीले नेपाली कांग्रेसलाई बलियो बनाउन सहयोग पुगेको तामाङले बताउनुभयो । नेपाली कांग्रेस सम्बद्ध विभिन्न संघ संगठनमा रहेर काम गर्ने चरणमा २०७० मा नेपाल तामाङ युवा संघकोे केन्द्रीय कोषाध्यक्षमा जिम्मेवारीका साथ काम गरेको अनुभव पनि तामाङसँग छ । तरूण दलको केन्द्रीय पार्षद हुंदै हाल तरूण विभागको जिल्ला संयोजकको रूपमा काम गरिसकेको कारण अब जिल्लामा नेपाली कांग्रेसलाई बलियो बनाउन जरूरत रहेको उहाँको तर्क छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा जिल्ला उपसभापति पदमा उमेद्वारी दिने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत, सिन्धुपाल्चोक जिल्लाको यही २७÷२८ गते हुने अधिवेशनको लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति पदमा बिजयी गराउन इकाई सभापति,क्षेत्रीय प्रतिनिधि ज्युहरू, पालिका सभापति तथा पदाधिकारिहरू, प्रदेश सभापति तथा पदाधिकारीहरू, क्षेत्रीय सभापति तथा पदाधिकारि र महाधिवेशन प्रतिनिधि सबैमा यो पटक अमुल्य मत दिएर अथवा दिन प्रेरित गराएर उपसभापति पदमा विजयी गराउन ताामाङले हार्दिक अपिल समेत गर्नुभएको छ ।
