सम्पर्क

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा दोर्जे लामाले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेसकोे सिन्धुपाल्चोकको सभापतिमा नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहनुभएका दोर्जे लामाले पनी उम्मेदवारी दिने बताउनुभएको छ ।
लामा सिन्धुपाल्चोक जिल्लामा राजनीतिका साथै सामाजिक कार्यमा समेत क्रियाशिल हुनुहुन्छ । लामा तरूण दललाई जिल्लामा उत्कृष्ट नेतृत्व दिन सफल भएका प्रभावशाली युवा नेताका रुपमा समेत परिचित हुनुहुन्छ ।
लामाले अधिवेशन नजिकिदै जाँदा सभापतिको उम्मेदवारको रुपमो प्रचार प्रसारलाई तीब्र बनाउनुभएको छ । लामाले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा युवालाई परिचालन गर्दै तीनै तहको चुनावमा पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उदेश्य बोकेर जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो ।
सभापतिका दावेदार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ र दोर्जेलाई संस्थापन ईतर समूहका नेतका रुपमा जिल्लामा चिनिन्छ । सँस्थापन समुहबाट भने जँगवहादुर लामा र प्रेमध्वज लामाले उम्मेदवारी दिने चर्चा छ ।

अधिवेशनको सबै तयारी लगभग पूरा भएको जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । २७ गते मनोनयन दर्ता गरेर २८ गते सदरमुकाम चौतारामा निर्वाचन सम्पन्न गराउने कार्यतालिका छ ।