सम्पर्क

पाँचपोखरीमा कुकुरलाई बन्ध्याकरण गरिने

पाँचपोखरी थाङपाल गाउँपालिकाले सामुदायीक तथा छाडा कुकुरलाई बन्ध्याकरण शिविर सँचालन गर्ने भएको छ ।
गाउँभरी छाडा कुकुरहरुको विगविगी भएको र समुदायका ब्यक्तीहरुलाई दुःख दिन थालेपछी बन्ध्याकरण शिविर सँचालन गर्न लागेको गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वपर्ष २०७८÷०७९ को स्विकृत वार्षिक कार्यक्रम अनुसार उक्त अभियान चलाउन लागिएको गाउँपालिकाद्वारा प्रकाशन गरिएको सुचनामा भनिएको छ ।