सम्पर्क

काँग्रेस वडा ईकाई समितिको वैठकले जिम्मेवारी तोक्यो

चौतारा सँगाचोकगढी नगरपालिका वडा नं. १४ को वडा ईकाई समितिको वैठकले विभिन्न जिम्मेवादी तोकेको छ ।
वडा इकाई सभापती विनोद तामाङको सभापतित्वमा बसेको बैठकले श्याम पराजुलिको सँयोजकत्वमा २१ सदस्यिय प्रचार प्रसार समिति गठन गरेको छ । त्यसैगरी पाटि ईकाई सभापति बिनोद तामाङ , चतुरबहादुर तामाङ, ईन्द्र बहादुर बस्नेत, राम्जीप्रसाद नेपाल, गोमादेवी दुलाल, केशर श्रेष्ठ, बलराम बस्नेत , श्याम पराजुलि रहेको टोल समिति समेत गठन गरिएको छ । वैठकले क्षेत्रिय कार्यसमिती सदस्यका लागि श्याम पराजुलि र जिल्ला कार्य समितिमा केशर बहादुर श्रेष्ठलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ । वैटटकले कार्यालय सचिवको जिम्मेवारी भने कृष्ण बहादुर मैनालीलाइ दिएको छ । बैठकले माझी बस्ति बाट ४ जना , अशिने बाट ४ जना र दलित बस्ति बाट ४ जना वडा कार्यसमितिमा थप गरेको वडा सभापति विनोद तामाङले जानकारी दिनुभयो ।