नेपाली काँग्रेस सिन्धुपाल्चोकको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला सदरमुकाम चौतारामा यही २८ गते मतदान हुनेगरी निर्वाचन कार्यतालीका सार्वजनिक गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी देवबहादुर कुँवरको सँयोजकत्वमा बसेको वैठकले २७ गते शुक्रबार नेपाली काँग्रेस पार्टी कार्यालय, विपी अध्ययन केन्द्र चौतारामा मनोनयन पत्र दर्ता गर्ने वताईएको छ । २७ गते १०ः ३० देखी १२ः ३० बजेसम्म सरोकारवालासँग छलफल हुने , १ वजे मतदाता नाममावली प्रकाशन गरिने र १ः३० वजेदेखी ३ः १५ वजेसम्म मनोनयनपत्र दर्ता गरिने निर्वाचन अधिकारी कुँवरले जानकारी दिनुभयो । त्यसैगरी शुक्रबार ४ः१५ मा उम्मेदवारको नेपाली वर्णनुक्रमअनुसार(देवनागरिक लिपीमा) प्रथम नाम प्रकाशित गर्ने , ४ः१५ बजेदेखी ४ः४५ बजेसम्म उम्मेदवारमाथी दावी विरोध र मनोनयन दर्ता फिर्ता गर्न सकिनेछ छ भने ६ः ४५ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।
२८ गते शनिवार भने ८ बजे मतदान सुरु भई ३ः ३० सम्म सञ्चालन हुनेछ भने ४ः १५ बजेबाट मतगणना सुरु हुनेछ ।


