

नेपाल रेडक्रस सोसाईटीको आयोजनामा गैर खाद्य सामग्री वितरण प्रक्रिया बारे समुदायको चाहना विषयक तथ्याँक सँकलन कार्यशाला गोष्ठी सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ ।
युकेएआईडी , आईएफआरसी, नेष्टा (वेलायतको सहकार्यमा रेडक्रसले गरिरहेको समुदायको चाहनाबारे नयाँ तथ्याँक सँकलन गर्ने कार्यक्रम अन्र्तगत कार्यशाला गोष्ठी गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकको सभापती राजेन्द्रमान ताल्चाभडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले गर्नुभएको थियो । कार्यशालामा बोल्दै प्रमुख अतिथी प्रजिअ खनालले रेडक्रस सरकारको सहयोगी निकाय भएको बताउँदै जिल्लामा रेडक्रसलाई अझै क्रियाशिल हुन आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक धर्मदत्त विडारीले गैर खाद्य सामग्री वितरण प्रक्रिया बारे महोत्तरी र सिन्धुपाल्चोकमा समुदायको चाहनाबारे नयाँ तथ्याँक सँकलन गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा गोरखनाथ गणका गणपति निर्मल श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका उपरिक्षक राजन अधिकारी , सशस्त्र प्रहरी उपरिक्षक महेश अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सँघसँस्थाका प्रतिनिधी, रेडज्ञmसका पदाधिकारीहरु, स्वयमसेवक , सँचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
