
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीमा वंशलाल तामाङको सानदार बिजय हुने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला हांक्न सक्ने एक मात्र उमेदवार वंशलाल तामाङ भएको थापाले बताउनुभयो ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।
’वंशलाल दाइको बिजयले समग्र सिन्धुपाल्चोक लाई स्थानिय चुनावमा नेपाली कांग्रेस लाई बिजय गराउन सफल हुने बताउँदै महामन्त्री थापाले तामाङको नेतृत्व बिजय भएको खण्डमा मात्रै स्थानिय चुनावमा कांग्रेस पहिलो हुने धारणा राख्नुभयो ।
महामन्त्री थापाले वैशाख ३० मा हुने निर्वाचनमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने समेत बताउनुभयो । वैशाख ३० गते घोषणा गरिएको निर्वाचनको मिति एक दिन पनि तल माथि नहुने समेत उहाँले दाबी गर्नुभयो ।
