सम्पर्क

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा बस्नेतको समूहबाट डा. प्रेमध्वज लामाको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमा अधिवेशन धमाधम भइरहेको छ । त्यसमध्ये बाँकी रहेको जिल्ला सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ ।

सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आउनुभएका लामाको संस्थापनबाट उम्मेदवारी दिन लाग्नुभएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् ।

२०२६ माघ २६ मा जन्मिनुभएका लामा २०४३ सालदेखि नै नेविसंघको सदस्यता लिनुभएको थियो ।
२०४६ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको उहाँ २०४७ मा नेविसंघको सिन्धुपाल्चोक जिल्ला सचिव बन्नुभएको थियो । २०४९मा नेपाली कांग्रेस जिल्ला सदस्य हुनुभएका लामा २०४९÷०५१ मा नेविसंघको तर्फबाट संयुक्त क्याम्पस स्ववियू सभापतिमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
२०५१ मा नेविसंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष हुनुभयो भने २०५१÷२०५२ नेविसंघ केन्द्रीय सदस्य बन्नुभयो ।
२०६२ र ०६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएका लामा २०६५ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बन्नुभयो । नेपाली कांग्रेस महाधिवेशन र महासमिति सदस्य भईसक्नुभएका लामा केन्द्रीय कोभिड अनुगमन समितिका पनि सदस्य हुनुहुन्छ । २०५९ सालमा त्रिभुवन विश्वविद्यालयमा उपप्रध्यापक पदमा रही केही केही महिना अगाडीसम्म पढाईरहनुभएका लामाले त्रिभुवन विश्वविद्यालयबाटैै पिएचडी कोर्ष भुरा गर्नुभई डा. प्रेमध्वज लामा बन्न सफल समेत हुनुभयो । लामाले खाईपाई आएको सरकारी नोकरी समेत राजिनामा दिनुभै जिल्ला अधिवेशनमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
केन्द्रीय जनसम्पर्क समिति समन्वय विभाग सदस्य रहनुभएका लामा विभिन्न योजना सहित आफूले जिल्ला सभापतिका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । भातृ संगठनहरुलाई चलायमान र सक्रिय बनाउँदै कांग्रेसलाई बलियो बनाउन, आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनदेखि लिएर युवा पुस्तासम्मलाई राजनीतिमा अग्रसर बनाउने योजनासहित आफूले उम्मेदवारी दिएको बताउनुभयो । लामाले महाधिवेशन प्रतिनिधी, क्षेत्रिय सभापति, , प्रदेश सभापति , प्रदेश अधिवेशन प्रतिनिधी , क्षेत्रिय प्रतिनिधी साथिहरुमा बदलिएको काँग्रेस बलियो काँग्रेस बनाउने अभियानलाई सार्थकता दिन जिल्ला सभापतिमा आफ्नो मत डा. प्रेमध्वज लामालाई दिनुहुन अनुरोध गर्नुभएको छ ।