हराएका मतदाता परिचय पत्र सम्बन्धी निर्वाचन आयोगले गरेको पछिल्लो व्यवस्था त्रुटीपुर्ण छ भन्दै नागरिक समाज सञ्जाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन मार्फत निर्वाचन आयोगलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नागरिक समाजका प्रातिनिधि संस्थाहरुले संयुक्तरुपमा हस्ताक्षर गरि उक्त ज्ञापन पत्र बुझाइएको हो । नागरिक समाज संञ्जालको संयोजक तथा गैरसरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको नेतृत्वमा गएका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुभ्mदै प्रामुख जिल्ला अधीकारी खनालले यो महत्वपुर्ण विषयमा नागरिक समाजको यो कदम प्रसंशनिय रहेका बताउनु भयो । यसबारे सबै क्षेत्रको प्रयाप्त दवाव रहनुपर्ने समेत बताउनु भयो । यसै क्रममा नागरिक समाज सञ्जालका संयोजक गोविन्द प्रसाद सापकोटाले यस बारेमा नागरिक समाजका प्रतिनिधिहरुको मात्रै होइन यस विषयमा सबै क्षेत्रबाट पहल हुन सकेमा सबै मतदाताको परिचय पत्र छापिएर आउने विश्वास समेत व्यक्त गर्नुभयो । सञ्जाल द्धार बुझाइउइएको पत्रमा मतदान नागरिकको नैसर्गिक अधिकार हो । यसलाई सवैले सम्मान गर्नु पर्दछ । हाल यति बेला सबै क्षेत्र निर्वाचनको लागि तयारी गर्दै गरेको परिवेशमा निर्वाचान आयोगले गरेको पछिल्लो मतदाता परिचय पत्र सम्बन्धि व्यवस्थामा हामी नागरिक समाजका प्रतिनिधिहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।
स्थानिय तहको निर्वाचन आगामी ३० बैशाख २०७९ मा हुने भनि घोषणा भईसकेको छ । मतदानका लागि आयोगले आफ्नो कार्य सम्पादन गरिरहेको परिप्रेक्षमा मतदाता परिचयपत्र हराएकाको लागि स्थानिय वडाको सिफारिस सहित फाल्गुन २० गते सम्म जिल्ला निर्वाचन कार्यलयहरुमा निवेदन दिन सार्वजनिक सुचना समेत जारी भएको थियो । साथै गत फाल्गुन १२ गते गै.स.स.महासंघको आयोजनामा भएको अन्तक्र्रियामा पनि यो निर्णय गलत भएको सहभागिहरुको साझा मत रहेको थियो । साथै मतदाताहरुले स्थानीय वडामार्फत सिफारीस पाउन समेत नसकेको गुनासो प्राप्त भएकोले आगामी निर्वाचन प्रयोजनका लागि मतदाताहरुको मताधिकारबाट बञ्चित हुन नपरोस् भन्ने ध्ययेका साथ यो पटक पुन सम्प्र्ण मतदाताको परिचयपत्र छपाई गरि वितरण गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकोले यो ध्यानाकर्षण पत्र प्रेषित गर्दछौं भनीएको छ ।
