चुनावी प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न र नगराउन आमसञ्चारसँग अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्र्दारगराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्नरनगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध छ ।‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशनरप्रसारण गर्दारगराउँदा, सःशुल्क विज्ञापन प्रकाशनरप्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाच...
