सम्पर्क

जनताको शासक हैन सेवक बनेर काम गर्ने योजना रहेको छ =ज्ञानु

सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तहमा यही बैशाख ३० गते हुने निर्बाचनको मिती नजीकीदै गर्दा दलहरुले मतदातालाइ आआफ्नो पक्षमा पार्नका लागी आआफुले गर्ने कार्यक्रमहरु सार्बजनीक गर्दै मतदाता कँहा जाने क्रम बढ्दै गएको छ । यसै सन्धर्भमा हामीले नेपाली काँग्रेसका २ नं क्षेत्रीय सभापती समेत रहनु भएका मेलम्ची नगरपालीकाका मेलम्ची नगरपालीका नगर प्रमुखका उमेद्वार आइतमान तामाङ्ग(ज्ञानु सँग) कुराकानी गरेका थियौ प्रस्तुत छ उँहा सँग गरिएको कुरा कानीको सारंस

१ यँहाको परिचय दिनुहोस न
म नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २को क्षेत्रीय सभापती को जिम्मेवारी सम्हाल्दै म अहीले मेलम्ची नगरपालीकाको प्रमुखको लागी निर्बाचनमा उमेद्वार रहेको छु । म नेपाली काँग्रेसको एक सिपाइ हो।
२ तपाइ अहिले नगर प्रमुख पदमा उमेदवार बन्नु भएको छ तपाइको योजना के छ ?मेरो याजना भनेको नेपाली काँग्रेसको निती निर्देशन र काँग्रेसको घोषणा पत्रमा लेखीएका कुराहरुलाइ कार्यन्वयन गराउँनु हो । त्यसका साथै मेलम्ची नगरपालिकालाइ भ्रष्टचार मुक्त नगरपालिका बनाउँनु, नागरीक मैत्री सेवा र सुशासन, बाढी बाट क्षेती ग्रस्त ब्यक्तीगत तथा संस्थागत संरचनाको पुन स्थपना नगरमा पर्यटकीय बिकास,आत्मा निर्भरताका कार्यक्रम, हरेक नागरिकको स्वास्थ्य, शिक्षा,र रोजगारको ब्यबस्था गर्ने, स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरुको बजारीकरण गरि उत्पादनमुखी कार्यक्रम गर्ने लगाएतका मेरो आफ्नो योजना रहेको छ ।

३ हाल सम्म तपाइले के कस्ता कामहरु गर्नु भयो र तपाइको अबस्था के रहेको छ ?
हाल सम्म मेलै गरेका कामहरुका बारेमा भन्नु पर्दा एउटा किताब नै बन्ला तर पनी म खाश गरि सामाजीक काममा बढी ब्यस्त रहेको छु । मैले भुकम्प जाँदा भुकम्प पिडीतलाइ आफुने भ्याए सम्म सकेको राहात सामाग्री सहति खाने कुरा औषधी हरु उपलब्ध गराउँदै घटनामा परेकाहरुको स्वास्थ्य उपचारमा सक्रीय भएर सहयोग गरिरहेको याँहाहरुलाइ थाहा नै छ । फेरी पनी बाढी पहीरोले पिडामा परेकाहरुलाइ आबश्यक सहयोग गर्नका लागी आफुले राहातकोष नै निर्माण गरेर पिडीतहरुलाइ सहयोग गरेको छु । अहीले पनी समाज सेवा नै मैरो मुल धर्म भएकाले समाज सेवामा नै बढी ब्यस्त रहेको छु ।
४ निर्बाचीत भए पछी तपाइको प्राथमिकता के मा हुने छ ? मेरो पहीलो प्राथमिकता भनेको भ्रष्टचार मुक्त नगरपालीका बनाउँने हो । नगरका नागरिकहरुलाइ स्वास्थ्य, खानेपानी , शिक्षा र रोजगारको ब्यबस्था गर्ने सक्षम नागरिकको पहचिान गराउँने कृषी उत्पादन, पर्यटन बिकासका लागी कार्यक्रम निर्माण गरि लागु गर्ने खाश गरि नगरबासी को समस्या तत्काल समस्या गर्नु मेरो पहीलो प्राथमिकता रहनेछ । नागरिकको शिक्षा, स्वास्थ्य, सडक, स्वरोजगारका कुरालाई प्राथमिकतामा काम गर्ने मिठो भाषण भन्दा पनि जनताले विकास चाहेकाले अब बोल्नेभन्दा काम गरेर देखाउनु आवश्यकता भएको छ । जनताको शासक हैन सेवक बनेर काम गर्ने योजना रहेको छ ।
५ समग्रमा अहिले देखीएका समस्या के हुन र समधानका लागी के गर्नु पर्ला ?
खाश गरी अहीलेको समस्या भनेको बेरोजगार कै हो यसको समधानका लागी पहीले नगरबासीलाइ स्वस्थ रहनका लागी बिशेष कार्यक्रम निर्माण गरि लागु गर्ने स्वास्थ्य, शिक्षा र कृषी उत्पादनलाइ पहीलो प्राथमिकता मा राखेर काम गर्नु आजको आबश्यकता रहेको ले यी बिषयहरुमा ध्यान दिन सक्यो भने यो समस्या हल हुने छ मैले पनी यही बिषयमा केन्द्रीत रहेर मेरो कामहरुको योजना अगाडी ल्याउँने छु ।
६ तँपाइ त्यसै त लोकप्रिय नेता हुनुहुन्छ तर पनी राप्रपा साँग तालमेल भएको छ के यो आबश्यकता थियो ?
सबै भन्दा पहीले त मेलम्ची नगरको मुहार फेर्नु पर्छ मेलम्ची नगरबासीलाइ शिक्षा स्वास्थ्य रोजगारको ब्यबस्था गर्नु छ । मेलम्ची नगरपालिकालाइ भ्रष्टचार मुक्त नगरपालकिा बनाउँनु छ। सबै कामको पारदर्सीता गर्नु छ । त्यसैले यस बिषयमा हाम्रो बिचारमा राष्टीय प्रजातन्त्र पाटी सहमत रहेको छ । राप्रपाले पनी भ्रष्टचार मुक्त नगरपालकिा बनाउँन पहल गरिरहेकै छ त्यसैले हामी दुइ पाटी मिलेर निर्बाचनमा भाग लिएका छौ । खाश गरि नगर प्रमुखमा काँग्रेसको तर्फबाट म र उप प्रमुखमा राप्रपाको तर्फबाट कुमारी तामाङ्ग प्रस्तुत भएका छौ । नगर बिकासको लागी सबैको साथ र सहयोगको आबश्यक पर्छ त्यसैले पनी हामी राप्रपा सँग सहकार्य गरेर निर्बाचनमा गएका छौ ।
७ तपाइ नेपाली काँग्रेसको क्षत्रीय सभापती समेत रहनु भएको छ तपाइले राप्रपा सँग तालमेल गर्दा क्षेत्र भरी चाही के हुन्छ त ?
हाम्रो पाटी नेपाली काँग्रेस का स्थानीय स्तरका नेता तथा कार्यकर्ता हरु अनुशासित र इमान्दारी रहेका छन । त्यस कारण केन्द्रको निर्देशन पालना गर्दै स्थानीय स्तरमा आबश्यकता भए जुनसुकै दलहरु सँग पनी तालमेल गर्न सकीन्छ तर पाटी र स्थानीय नागरिलाइ फाइदा हुन पर्छ । त्यसैले स्थानीय साथीहरुले पाटीलाइ अग्र पन्तमिा राखेर तालमेल गर्न सक्नु हुने छ ।
अन्तमा यँहाको भनाइ के रहेको छ ?
मैले भन्नै पर्ने खाश कुरा भनेको भ्रष्टचार मुक्त नगरपालिका निर्माण गरि नगरका नागरिकलाइ आत्मा निर्भर बनाउँनु हो । यसका लागी मैले नगर प्रमुखको पदमा उमेद्वार दिएको छु मलाइ नगर प्रमुख र उप्रप्रमुख कुमारी तामाङ्गलाइ मत दिन आग्रह गर्दै सबै लाइ नेपाली काँग्रेसका उमेद्वारलाइ रुख चिन्हमा मतदान गरि बिजय गराइदिनहुन अनुरोध गर्दछु