सम्पर्क

बाह्र्बिसे काँग्रेसले जारी गर्यो चुनाबी सङकल्पपत्र

सबल स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर भन्ने मूल नाराका साथ नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाद्वारा चुनावी सङकल्पपत्र सार्वजनिकगरेको छ । सङकल्पपत्रमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता मा जोड दिदै सामुहिक एकताको पूर्वाधार हाम्रो साझा नगर निर्माणको आधार लाइ प्राथमिकता दिइएको छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाले चुनावी सङकल्पपत्र सार्वजनिक गरेको हो । सङकल्प पत्रमा कांग्रेसले सडक तथा भौतिक पूर्वाधार, कृषि पशुपन्छी तथा सहकारी, शिक्षा, स्वास्थ्य, सार्वजनिक सुरक्षा, विपद ब्यवस्थापन, धर्म संस्कृति र परम्परा, सूचना तथा सञ्चार, सुशासन तथा जवाफदेहिता, युवा तथा खेलकुद, पर्यटन विकास, सामाजिक संघ संस्था, वातावरण तथा फोहोर ब्यवस्थापन, नीतिगत, कानुनी तथा संस्थागत विकास, उद्यमशीलता र रोजगार, सामाजिक न्याय जस्ता विषयमा आफ्नो पार्टीको धारणा ब्यक्त गरेको छ ।सडक तथा पूर्वाधार निर्माणमा बाँकी रहेका वडा कार्यालयहरुको निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ भने पाँच वर्षमा नगरपालिकाबाट हरेक वडासम्म जाने सडकमा कालोपत्रे गर्ने उल्लेख गरेको छ ।
भोटेकाशी र सुनकोशी नदी नियन्त्रणका लागि करिडोर निर्माण गर्ने भनिएको छ । कृषि सहकारी शीर्षकमा रासायनिक मलको सुनिश्चितता गरिने, वैज्ञानिक र ब्यावसायिक कृषि उत्पादनमा जोड दिने लगायतका विषयलाई समेटेको छ भने शिक्षामा कक्षा १२ सम्मको शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्ने, पढाई र सिकाईलाई सीप विकाससँग जोडिने, नगरमा एक आवासीय प्राविधिक विद्यालयको ब्यवस्था गर्ने जस्ता कुराहरु समावेश गरिएको छ ।