सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा नेपाली काँग्रेस र राष्टीय प्रजातन्त्र पाटी बिच चुनाबी तालमेल भए सँगै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा पनी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको सहमति भएको छ।
मेलम्ची नगरपालीकामा नगर प्रमुखमा नेपाली काँग्रेसका आइतमान तामाङ्गनगर प्रमुख र राप्रपाकी कुमारी तामाङ्गलाइ उप प्रमुखमा रहने गरी तालेमेल भएको छ । सोही अनुसार तिब्र रुपमा चुनाबी प्रचार प्रसारमा लागीरहेका छन भने चौतारासाँगाचोकगढी नगरपालीका १३मा राप्रपाका मधुराम दुलालले आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका झलक नेपाललाई समर्थन गर्ने सहमति भएको दुबै पाटी द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।
