मास्थानीय निर्बाचन नजीकीदै जाँदा सिन्धुपाल्चोक जिल्लाका राजनितीदलहरु पनी प्रचार प्रसारलाइ तिब्रता दिदै घर दैलो अधियानमा लागी परेका छन भने केही स्थानीय नेता तथा कार्यकर्ताहरु दल परबिर्तनमा नै ब्यस्त रहेका छन ।
नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओबामदी केन्द्र राष्ट्र्ीय प्रजातन्त्र पाटी का उमेद्वारहरु आआफ्ना प्रतिबद्धता सहीत निर्बाचनमा मत माग्नमा ब्यबस्त रहेका छन । तर त्यही पाटीका कार्यकर्ताहरु पाटी परित्याग गरी अर्काे पाटीमा प्रबेश गर्ने क्रम बढीरहेको छ । केही दिन देखी चौतारा साँगाचोक गढी नगरपालीकामा माओबादी छोडेर एमाले प्बेश गर्नेको लहर चलेको छ । चौतारा साँगाचोकगढी नगरपालीका १४मा माओबादी बाट निर्बाचित वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ, लगाएतका पचास भन्दा बढी एमाले प्बेश गरे लगत्ते वडा नं १३ बाट पनी नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ लगाएत शयौ कार्यबर्ताहरु नेकपा एमाले मा प्रवेश गरेको समाचार प्राप्त भएको छ ।
