सम्पर्क

ब्रेकिङ न्युज २

भोटेकाशीमा कर मिनाह

ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका प्रमुख पासाङ्ग नुर्पुले पद भार ग्रहण गर्दै एक क्यान्सर बिरामिलाई आर्थिक सहयोग पारितमा सहि गरि आफ्नो कार्यकाल शुरु गर्नु भएको छ। साथै उहाँले त्यस सँगै गरिब,असहाय,अशक्त,वास्तवित पिडित छनौट गरि गाँउपालिकाले ५० बालबालिकालाई निशुल््क शिक्षा प्रदान गर्ने।२० प्रञ्चिकरण मातहतमा पर्ने जन्मदर्ता, विवाहदर्ता लगायतका सिफारिसहरुमा लाग्ने कर निशुल्क गर्ने निर्णय गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेतले जानकारी दिनु भयो ।  ...

६० वर्ष नाघेका विदुरलाइ इन्द्रावतीमा भत्ता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्क नेपालले पदभार ग्रहण गरेसँगैे ६० वर्ष नाघेका विदुर बृद्धलाई महिनाको ५ सयका दरले भत्ता दिने प्रतिबद्धता ब्यत्त गर्नुभएको छ । जिल्ला न्यायधिस समक्ष शपथ ग्रहण गरे लगत्तै अध्यक्ष नेपालले गाउँपालिकामा पदभार ग्रहण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष नेपाललाई निवर्तमान अध्यक्ष बंशलाल तामाङसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरूले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण गरेसँगै अध्यक्ष नेपालले ६० वर्ष नाघेका विदुर बृद्धलाई महिनाको ५ सयका दरले भत्ता दिने प्रतिबद्धता ब्यत्त गर्नुभएको हो । अहिले इन्द्रावतीको मेघा बैकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको इन्द्रावती गाउँपालिकामा अध्यक्ष नेपालले वडा वडामा र्पुयाउने प्रतिबद्धता ब्यत्त गर्नुभयो । उहाँले मोतीबिन्दु भएका नागरिकका लागि एकतर्फी एम्बुलेन्स सेवा सञ्...

आयोगको नियमित पत्रकार भेटघाट नहुने

ब्रेकिङ न्युज २, समाचार
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार भेटघाट भोलिदेखि नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार भेटघाट गर्दै आएको थियो । रासस...

चौतारामा तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको चौतारामा हिराहरि तेक्वान्दो डोजाङ जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका आयुशी श्रेष्ठ, सुदिप श्रेष्ठ , मन्जित तामाङ, पहेलो पेटिका मिङ्मार तामाङ, सुजन तामाङ ,पहेँलो ÷हरियो पेटीका रुस्तम घिमिरे , जुना तामाङ, हरियो पेटिका अर्जुन योन्जन, निलो पेटि तर्फभने अनमोल कार्की र निशान ढुङ्गाना डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का नवनिर्वाचित अध्यक्ष शिव श्रेष्ठ र विशेष अतिथि जिल्ला फुटबल संघ, सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष अमृतमान श्रेष्ठ, सिनियर खेलाडीहरु दर्पण श्रेष्ठ, मेनुका श्रेष्ठ, आयन श्रेष्ठ, रिजन गौतम, प्रबिन घले र अभिभा...

नगरवासीको स्वास्थ्य बिमा, गरिब एवं जेहेन्दारलाई निशुल्क शिक्षा, तलब भत्ता नलिने घोषणा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय जनप्रतिनिधीहरुले लोकप्रिय कार्यक्रमको घोषणका साथै शुक्रबार नै कार्यभार सम्हालेको समाचार प्राप्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले शुक्रबार पदभार ग्रहण गरि नगरवासीको स्वास्थ्यबिमा गर्ने नीतिगत निर्णय गर्नु भएको छ । त्यसै गरि मेलम्ची नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख आइतमान तामाङले नगर भित्रकागरिब एवं जेहेन्दार ५ जनाविद्यार्थीहरूलाई नगर भित्रको प्राविधिक विद्यालयमा नगरपालिकाको खर्चमा ईन्जिनियरिङ डिप्लोमासम्म निशुल्क पढाउने निर्णय गर्नु भएको छ । उँहाले २ जना विद्यार्थीहरूलाई कृषि प्राविधिक शिक्षा अध्ययनमा निशुल्क गर्नुका साथै नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी हुने महिलाको लागि नगरपालिका भित्रको बर्थिङ सेन्टरसम्म जाने आउने एम्बुलेन्स खर्च र काठमाडौं रिफर गरेको खण्डमा काठमाडौसम्म जाने एम्बुलेन्स खर्च नग...

काँग्रेसका गिरीद्धारा धन्यबाद

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ प्रदेस क का सभापती तथा चौतारासाँगाचोकगढी नगरपालीकाको नगर प्रमुखका उमेदवार केशब राज गिरीले सबैलाइ धन्यबा दिनु भएको छ । उँहाले नेपाली काँग्रेसबाट निर्बाचन जितेक नगरपालीका वडा नं ७,८,९,१०,वडाका निर्बाचित पदाधिकारीहरुलाइ बधाइ दिनु हँदै नगर र प्रदेसका सम्पुर्ण मतदाता, नेपाली काँगे्रसलाइ जिताउँन लागी पर्नु हुने सबैमा बिशेष धन्यबाद दिनु भएको छ ।  ...

गुन्सामा तनाब कांग्रेस एमालेबिच झडप

ब्रेकिङ न्युज २, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य मतगणना को नतीजा आउँन बाँकी पाँचपोखरुी थाङपाल गाउँपालिका मा झडप भएको समाचार प्राप्त भएको छ । शुक्रबार भएको मतगणनाको विषयमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच आज बिहानै झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको हो । आजबिहीबार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरे पछी त्यँहा झडपको स्थिती भएको जनाइएको छ ।  ...

भोटेकोशी गाँउपालिकाको अध्यक्षमा पासाङ नुर्बु शेर्पा विजयी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । सोमबार साँझ निर्वाचन अधिकृतको कार्यालयबाट आएको मतगणनाको परिणाम अनुसार भोटेकोशी गाउँपालिकाको अध्यक्षमा पासाङ नोर्बु शेर्पा विजयी भएका हुन् । शेर्पाले २६०५ मत ल्याएर विजयी भएका हुन् भने उहाँ प्रतिद्वन्द्वी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार रहेका अमृत खडकाले २०४८ मात्र मत ल्याएका थिए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसका दिछेन शेर्पा विजयी भएका हुन् । उपाध्यक्षमा दिछेन शेर्पाले २७१२ मत ल्याएर विजयी भएका छन् भने शेर्पाका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुन्तली श्रेष्ठले २५५३ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार राजकुमार पौडेलले भने १९१८ मतमा ल्याएर तेस्रो भएका छन् र माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार आशा गुरुङ शेर्पाले १६१२ मत ल्याएका छन् । ५ वटा वडा रहेको उक्त पालिकामा ३ वटा वड...

चौतारा सागाँचोकगढीकोे मेयरमा गठबन्धन माओवादी, उपमेयरमा गठबन्धन समाजवादीको अग्रता

ब्रेकिङ न्युज २, राजनिती, समाचार

सुनकोशीमा ३ वडा वडाको मत सार्वजनिक ३ वटै वडामा काङ्ग्रेसले जित हासिल

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ वडाको मत गणना सार्वजनि गरेको छ । सुनकोशी १,२,३ क्रमश तिन वटै वडामा नेपाली कांग्रेसले विजयी हात पारेको छ । सुनकोशी १ मा तीन दलिय बाम–गठबन्धनलाई परास्त गर्दै निकै फराकिलो मतले नेपाली कांग्रेसका कुमार शाही विजय हुनुभएको छ । शाहीको प्यानलनै विजयी भएका छन् । त्यस्तै सुनकोशी २ मा नेपाली कांग्रेसका विष्णु महतको प्यानल नै विजयी भएका छन् भने सुनकोशी ३ मा पनि नेपाली कांग्रेसका ईश्वर तामाङको प्यानल नै विजयी भएका छन् ।...