सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् । सोमबार साँझ निर्वाचन अधिकृतको कार्यालयबाट आएको मतगणनाको परिणाम अनुसार भोटेकोशी गाउँपालिकाको अध्यक्षमा पासाङ नोर्बु शेर्पा विजयी भएका हुन् । शेर्पाले २६०५ मत ल्याएर विजयी भएका हुन् भने उहाँ प्रतिद्वन्द्वी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार रहेका अमृत खडकाले २०४८ मात्र मत ल्याएका थिए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसका दिछेन शेर्पा विजयी भएका हुन् । उपाध्यक्षमा दिछेन शेर्पाले २७१२ मत ल्याएर विजयी भएका छन् भने शेर्पाका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुन्तली श्रेष्ठले २५५३ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार राजकुमार पौडेलले भने १९१८ मतमा ल्याएर तेस्रो भएका छन् र माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार आशा गुरुङ शेर्पाले १६१२ मत ल्याएका छन् । ५ वटा वडा रहेको उक्त पालिकामा ३ वटा वडा नेपालि कांग्रेस १ वडा नेकपा एमाले र १ जना स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका छन् ।
