सम्पर्क

बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसको जित

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत हुनुभएको छ । उहाँले सात हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयर नेपाली कांग्रेसका मञ्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला पाख्रीन पाँच हजार ९९० मत प्राप्त गर्नुभएको छ ।