सम्पर्क

त्रिपुरासुन्दरीमा नेपाली कांग्रेसको जित

सिन्धुपाल्चोक जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भक्तध्वज बोहोरा विजयी हुनुभएको छ । उहाँले चार हजार दुई सय २९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले तीन हजार दुई सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट बिर्ख बहादुर श्रेष्ठले एक हजार आठ सय ६२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष नेपाली कांग्रेसका गिता कुमारी नेपालले चार हजार एक सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सविता श्रेष्ठले तीन हजार आठ ८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट मिना लामाले एक हजार दुई सय ३ मत प्राप्त गर्नुभएको छ ।