सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं. ८ नेपाली कांग्रेस इकाइ द्धारा नगरपालिकाभित्र निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको छ । नेपाली कांग्रेस ईर्खु वडाद्धारा आयोजित कार्यक्रममा वडा नं. ७,८,९ र १० का वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस वडा नं. ९ कदमवास ईकाई समितिका सभापति दुर्गा राज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति तथा अनुसाशन समितिका संयोजक टंक बहादुर कार्कीले नेपाली कांग्रेसका निर्वाचित नगरका चारै वटा पदाधिकारीले नमुनाको काम गरेर जनताको मन जित्नु पर्ने बताउदै नेपाली कांग्रेसको ४ वडाअध्यक्षहरुको जिम्मामा अरु १० वटा वडाहरु पनि विकासको काममा निगरानी गर्ने जिम्मेवारी बढेको बताउनुभयो ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले निर्वाचनको बेला असहयोग गर्ने कृयासिल सदस्यहरुको सदस्यता समेत खारेज गरी सक्रिय रुपमा खट्ने क्रियाशिल सदस्यहरुलाई उच्च मुल्याङ्कण सहित पार्टीले जिम्मेवारी दिने बताउनुभयो । कार्यक्रममा क्षेत्र नं. २ प्रदेश क का सभापति केशवराज गिरी नेपाली काग्रेसका नेता भुपेन्द्र बहादुर थापा नेपाली कांग्रेस उपमेयरको प्रत्यसी तुलसी कुमारी श्रेष्ठ, वडाध्यक्ष डम्बर बहादुर तामाङ, अमृत दंगाल, विमल श्रेष्ठ, निल बहादुर तामाङ (सुमन) लगायतले नेपाली कांग्रेसको विधान बमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगरकार्य समितिका सभापति ईन्द्रलोचन धितालले नेपाली कांग्रेसको १४ वटै वडामा कांग्रेसको पहिचान सहित नेपाली कांग्रेसले विजयी हासिल गरेको ठाउँमा कम्युनिष्टहरुको भन्दा राम्रो काम गरेर आगमि निर्वाचनमा देशैभरी राम्रो सन्देश दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका नगर सचिव भगवान खड्काद्धारा संचालिच कार्यक्रममा वडा नं.७,८,९ र १० को कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रम बुधबार ईर्खुको खेल मैदानमा भएको थियो ।
