सम्पर्क

गुन्सामा तनाब कांग्रेस एमालेबिच झडप

 

सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तह मध्य मतगणना को नतीजा आउँन बाँकी पाँचपोखरुी थाङपाल गाउँपालिका मा झडप भएको समाचार प्राप्त भएको छ । शुक्रबार भएको मतगणनाको विषयमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच आज बिहानै झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको हो । आजबिहीबार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरे पछी त्यँहा झडपको स्थिती भएको जनाइएको छ ।