सम्पर्क

ब्रेकिङ न्युज २

जेलमा रहेका एक कैदीको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक चौतारा कारागारमा रहँदै आएका एक कैदीको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । रिङ्गटा लागेर ढलेका गोलेलाई चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिनुभयो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।...

त्रिपुरासुन्दरीको बाह्रौ गाउँसभा सम्पन्न, कक्षा १२ सम्म निशुल्क शिक्षा

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे/पिस्कर आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँसभा बाट पारित भएको छ । प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले उक्त गाउँसभामा सम्बोधन गर्दै त्रिपुराको विकास को अनुभुती हुने गरि कार्य गर्न जनप्रतिनिधिलाई आव्हान गरेका थिए भने, त्रिपुराको विकासका लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो । बन्द सत्र र खुला सत्र गरि दुई सत्रमा सम्पन्न उक्त कार्यक्रममा निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले प्रस्तुत गर्दै कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने,राममाबी र कागेश्वरी माबिमा प्लस टु संचालन गर्ने,पचास वर्ष माथी उमेर समुहको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मानजनक रूपमा स्वैच्छिक अवकाश कार्यक्रममा आवद्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम पेश गर्नुभएको थियो । त्यसै गरि त्...

मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका केन्द्रबाट सबै वडा कार्यालय जोड्ने मुख्य सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालनयोग्य बनाइने उल्लेख छ । साथै वडाभित्रका सबै बस्तीहरुलाई सडक सञ्जालसँग जोडी स्थानीय उत्पादनहरुको बजारीकरण गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर प्रमुख आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘आफ्नो गाउँ आफै बनाऔँ’ विशोष कार्यक्रमलाई नगरभित्रका सबै वडाहरुमा बिस्तार गरिने, बाहुनेपाटी बजारलाई व्यापारिक क्षेत्रको रुपमा र मेलम्ची बजार क्षेत्रलाई प्रशासनिक क्षेत्रको रुपमा विकास गरिने, नगरका मुख्य बजार केन्द्रहरुमा सार्वजनिक शौचालय र प्रतीक्षालय एवम् ग्रामीण क्षेत्रमा ‘एक वस्ती, एक सामुदायिक भवन’ निर्माण गर्ने, प्रशासनिक भवन, स्वास्थ्य चौकी, सामुदायिक विद्य...

बाह्रविसे नगपालिकाको ११औँ नगर सभामा नगर प्रमुख  बालकृष्ण बस्नेतले प्रस्तुत गर्नु भएकोनीति तथा कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएका प्रमुख अतिथि पूर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ज्यू, विशेष अतिथि, जिल्ला समन्वय समितिको सभापती बालकृष्ण श्रेष्ठ ज्यू, आमन्त्रित सम्पूर्ण अतिथि ज्यूहरु, संचारकर्मी मित्रहरु तथा सम्पूर्ण नगरसभा सदस्यज्यूहरु नमस्कार । आज मिति २०७९ साल असार ०९ गते बिहिबारका दिन नेपालको संविधान संस्थागत गर्ने शिलसिलामा दास्रो पटकको स्थानीय तहको आवधिक निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भए पश्चात गठन भएको बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हामी उपस्थित भएका छौं । यस सुखद् पृष्ठभूमिमा नगरसभाको यस बैठकलाई आज सम्बोधन गर्न पाँउदा मलाई गर्वको अनुभूति भएको छ । यस अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लो...

अभयन्द शिक्षा क्याम्पसद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सञ्जिव तामाङ (स्याङ्बो) नवलपुर सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकामा श्री अभयन्द शिक्षा क्याम्पसद्वारा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ईन्द्रावती गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएको छ । ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र १२ वटा वडाका वडा अध्यक्षहरुलाई बिहिबार अभयन्द शिक्षा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित अध्यक्ष झम्क नेपालले शिक्षाबाट मात्र समाज परिवर्तन गर्न सकिने बताउदै गुणस्तरीय शिक्षा अबको प्राथमिकता भएको बताउनुभयो । उँहाले साझेदरी मार्फत शैक्षिक समुन्नतिका लागि गाउँपालिका सधैं तत्पर रहने त्यसका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा उपाध्यक्ष सोभाना तामाङले शैक्षिक क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको बिकास निष्कर्षबिहीन र अधु...

बादरबाट किसान हैरान

ब्रेकिङ न्युज २, समाचार
सञ्जिव तामाङ (स्याङ्बो) बादरले खेती बाली नस्ट पारे सङ्गै ईन्द्रावती गाउँपालिकाका किसानहरु समस्यामा परेका छन् । बालिमा आएको बादर धपाउने कुनै उपाय नभए पछि उनिहरु दिन रात खेतमा बादर कुरेर बस्नु परेको बताउछ्न् । किसानहरुको बाँस हिजो आज खेतबारिमै हुने गरेको छ । बारिमा आउने बादर र स्याल धपाउदैमा उनिहरुलाई फुर्सद छैन । भर्खर फल्न थालेको बारीको मकै बादरले स्वाह पार्न थालेपछि किसानहरु चिन्तित भएका हुन् । रासायनिक मलको अभावको कारण सप्रन नपाएका र बल्ल बल्ल प्राङ्गरिक मलको भरमा फल्न थालेको मकै बादरले खाएर स्वाह भएको वडा नं ४ का किसान सुर्य तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”बाँदर समस्या न्यूनीकरणका लागि ठोस पहलको खाँचो रहेको स्थानीयको गुनासो छ ।...

प्रेस काउन्सिलको पक्षमा अर्को आदेश, अनलाइन कडा गर्न बाटो खुला

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
  उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो । जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डट कमलाई कालोसूचीमा राख्दै सुचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो ।उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो । तर सुनुवाई पछि उच्च अदालतले काउन्सिलले विधिसम्मत काम गरेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश आवश्यक नरहेको जनाएको छ । न्यायाधीशद्धय श्यामजी प्रधान र रमेश ढकालको संयुक्त इजलासबाट अनलाइन र न्यू मिडियाका लागि नियमन र अनुगमन गर्न बाटो खुला गर्ने गरी आदेश जारी भएको हो ।‘उच्च अदालतबाट जुन ...

बार उपाध्यक्ष कर्णलाई प्रेस काउन्सिलमा स्वागत

ब्रेकिङ न्युज २, समाचार
  काठमाडौँ, असार ६ प्रेस काउन्सिल नेपालले नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधिरकुमार कर्णलाई आचारसंहिता अनुगमन उपसमितिमा सोमबार स्वागत गरेको छ । अध्यक्ष बालकृष्ण बस्नेतले उपसमिति बैठकमा नेपाल बारको प्रतिनिधिका रूपमा सहभागी अधिवक्ता कर्णलाई स्वागत गर्दै मिडियाको आचारसंहिता उल्लङ्घनका घट्नाको निष्पक्ष छानविनमा सहयोग पुग्ने विश्वास राख्नुभयो । बस्नेतले अनलाइनसहित न्यू मिडियाको नियमन चुनौतिपूर्ण भइरहेका बेला काउन्सिलले विद्यमान ऐन, कानुन, निर्देशिका, आचारसंहिताका प्रावधान र अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा कार्यसम्पादन गरिरहेको जानकारी दिनुभयो । उपसमितिमा मनोनयन हुनुभएका अधिवक्ता कर्णले प्रेस काउन्सिलको काम कारबाहीलाई प्रभावकारी बनाउन आफू दत्तचित्त भई कार्यसम्पादनमा जुट्ने दृढता राख्नुभएको थियो । सोही कार्यक्रममा अधिवक्ता समेत रहनुभएका काउन्सिल अध्यक्ष बस्नेतले कर्णलाई काउन्सिलको...

काङ्ग्रेस नेता समीरको ब्यक्तिगत सहयोगमा सडक निर्माण

ब्रेकिङ न्युज २, राजनिती, समाचार
    सिन्धुपाल्चोक जिल्ला को मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी साविक थकनी ८, उर्लेनी वस्ति ग्यमसङ्ग मा आफ्नो ब्यक्तीगत लगानीमा बाटो निर्माण गर्नू भएको छ ।   आश्वसन बाढ्ने तर काम नगर्ने पार्टि तथा नेताहरुलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य युवा नेता कृष्ण बहादुर तामाङ समिरले ब्यक्तीगत भने पनी खर्च गरेर बाचा पुरा गरेर पाठ सिकाउँनु भएको छ । चुनावको बेलामात्र गाउँछिर्ने र विभिन्न झुटो आश्वसन बाढ्ने नेताहरुका लागि उहाँले ब्यक्तिगत खर्चमा सडक निर्माण गरेर उदाहरणिय ब्यक्ति बन्नु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी साविक थकनी ८, उर्लेनी वति ग्यमसङ्ग टोलबासीको समस्यालाई मध्यनजर गर्दै चुनावमा आफ्ले गरेको प्रतिबद्धता पुरा गरेको तामाङले बताउँनु भयो ।आफ्नो ब्यक्तिगत करिब ५ लाख लागतमा सो बाटो निमार्ण गरेको र अहिले स्थानियले सास्ती खेप्न नपरेको बताउँदै तामाङल...

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणाली ९साइरन

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुबेदी मेलम्ची बाढीग्रस्त मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ ।मेलम्ची नगरपालिका वातावरण अधिकृत सुजन दुलालको अनुसार मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आ।व।मा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपदको जोखिमलाई कम गरि जनधनको क्षतिलाई कम गर्न सकिने छ।“ मेलम्ची नगरपालिकाले गत असारको महविनाशकारी बाढी पश्चात नगरपालिकाको लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ ९पूर्व चेतावनी प्रणाली साइरन प्रविधि जडान गरेको थियो ।...