सम्पर्क

बाह्रविसे नगपालिकाको ११औँ नगर सभामा नगर प्रमुख  बालकृष्ण बस्नेतले प्रस्तुत गर्नु भएकोनीति तथा कार्यक्रम

 

बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएका प्रमुख अतिथि पूर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत ज्यू, विशेष अतिथि, जिल्ला समन्वय समितिको सभापती बालकृष्ण श्रेष्ठ ज्यू, आमन्त्रित सम्पूर्ण अतिथि ज्यूहरु, संचारकर्मी मित्रहरु तथा सम्पूर्ण नगरसभा सदस्यज्यूहरु नमस्कार । आज मिति २०७९ साल असार ०९ गते बिहिबारका दिन नेपालको संविधान संस्थागत गर्ने शिलसिलामा दास्रो पटकको स्थानीय तहको आवधिक निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भए पश्चात गठन भएको बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हामी उपस्थित भएका छौं । यस सुखद् पृष्ठभूमिमा नगरसभाको यस बैठकलाई आज सम्बोधन गर्न पाँउदा मलाई गर्वको अनुभूति भएको छ ।
यस अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतन्त्र प्राप्तीको आन्दोलनहरुमा नेतृत्व र बलिदान गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।
यस बाह्रविसे नगरपालिकाको स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने निर्वाचन आयोग, सहयोग गर्नुहुने राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकाय र यस प्रकृयामा सहभागी राजनीतिक दल, संघ संस्थाहरु, नागरिक समाज र आदरणीय नागरिकहरु सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीबाट जननिर्वाचित स्थानीय सरकारले जनताको चाहाना अनुरुप नागरिकहरुको घरदैलोमा सेवा प्रवाह गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रही नागरिकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने आधार प्राप्त भएको छ ।

कोभिड–१९, बाढि पहिरो, भुकम्प जस्ता महामारीहरुबाट हामी भर्खरै मात्र तग्रिने अवस्थामा छौं । यस्ता विपदको घडीमा जनताको जिउज्यान र जनधनको सुरक्षाको लागि “पहिला जनता बचाऔं अनि राजनीति गरौंला” भन्ने भावले हामी नागरिकको पिर मर्कामा सधैभरी नागरिक सँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

राज्यको संयन्त्रहरुमा सदैभर अग्र पंङतिमा रहेर काम गरी रहेको रोकथाम, नियन्त्रण र उपचारका लागि हामी सबैको संयुक्त प्रयासबाट भविष्यमा आईपर्ने यस्ता महामारी विरुद लड्न र सामना गर्न सकिन्छ भन्ने विश्वास लिएको छु । संक्रमण नियन्त्रण र व्यवस्थापनमा अहोरात्र खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक र व्यवसायीक संघ संस्था लगायत सम्पूर्ण नागरिकलाई धन्यवाद् ज्ञापन गर्न चाहान्छु ।

बाह्रविसे नगरपालिका बाढि, पहिरो लगायतको विपदको जोखिम क्षेत्र हो । नगर विपद व्यवस्थापनको लागि नगरले आफ्नो स्रोत र साधनले भ्यायसम्म व्यवस्थापन गरिनेछ र थप सहयोगको लागि संघ तथा प्रदेशमा समन्वय गरिनेछ ।

नगर विकासको लागि शिक्षा क्षेत्रको विकास एउटा अपरिहार्य पक्ष हो त्यसैले शिक्षा क्षेत्रको विकासको लागि १२ कक्षा सम्म निःशुल्क अध्यापन गराउन र कक्षा ८ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था गरिएको छु ।

बाह्रविसे नगरपालिकाको विकासको मूख्य आधार सडक, शिक्षा, पर्यटन, कृषि र सहकारी हो । सम्पूर्ण क्षेत्रको विकास गर्दै बाह्रविसे नगरपालिकालाई विकास र सुशासनको नमूना नगरको रुपमा चिनाउन प्रयत्न गर्नेछु ।
कोभिड–१९ को महामारीको कारण व्यवसाय बन्द भएका, रोजगारी गुमेका तथा वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनको लागि विशेष कार्यक्रमहरु अगाडी बढाइएको छु ।

नेपाल कृषि प्रधान देश हो । कृषि क्षेत्रको विकास गरी कृषिमा आत्म निर्भर बनाउनको लागि कृषि कार्यक्रम अन्तर्गत कृषिको पकेट क्षेत्र निर्धारण, कृषि क्षेत्रको बजार व्यवस्थापन गर्ने तथा उत्पादित कृषि उपजको बजार व्यवस्थापन गर्ने तथा संकलनको लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छु ।

नगरपालिका भित्र जमघट हुने सार्वजनिक स्थानमा सार्वजनिक सौचालयको निर्माण तथा व्यवस्थापनको लागि कार्यक्रमको व्यवस्था गरेको छु ।

पर्यटन विकास र खेल क्षेत्रको विकास गरी नगरको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न बाह्रविसे नगरपालिका भित्र स्वीमिङ पुल निर्माण, सार्वजनिक व्यायाम स्थल निर्माण लगायतको पूर्वाधार विकासको योजना ल्याएको छु ।
नगर भित्र रहेका बाह्रविसे बजार लगायतको सम्पूर्ण बजार क्षेत्रको व्यवस्थापन, सुरक्षाको लागि विशेष कार्यक्रमको गरेको छु ।

गुणस्तरीय शिक्षा, कृषि तथा पशुपालन, उत्पादन तथा उत्पादकत्वको अभिवृद्धि, पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाई, मावन पुँजी निर्माण, उद्यमशीलता विकास, रोजगारीमा सिर्जना, बहुआयमिक गरिबीको दर न्यूनीकरण, पर्यावरणीय सन्तुलन, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा नयाँ योजनाहरु समावेश गरी कार्यान्वय गर्ने नीति अख्तियार गरेको छु ।
नगर क्षेत्र भित्रका अपाङ्ग नागरिकहरुको दैनिक जिवनमा सहजता बनाउनको लागि अती आवश्यक सामाग्रीहरुको आवश्यक व्यवस्था गरेको छु ।
अल्पसंख्यक, दलित, जनजाती समुदायहरुलाई उनीहरुको उत्थान तथा क्षमता विकासको लागि आवश्यक कार्यक्रमको व्यवस्था गरेको छु ।
जेष्ठ नागरिकहरुको योगदानलाई सम्मान गरी उहाँहरुको अनुभवलाई समेट्दै अनुभवहरुको संगालोको रुपमा नगर विकासमा समाहित गराउन नगरस्तरीय जेष्ठ नागरिक सभा गठन गरी आवश्यक कार्यक्रमको समेत व्यवस्था गरेको छु ।
समान सहभागिता तथा समान अधिकारको निम्ति महिला वर्गको सशक्तीकरणका लागि विशेष कार्यक्रमको व्यवस्था गरेको छु ।

बाह्रविसे नगरपालिकालाई नमूना नगरपालिका बनाउनको लागि आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा सम्पूर्ण नगरवासीको आवश्यकता र जनचाहानालाई मध्येनजर गरी तय गरिएको छ । नीति तथा कार्यक्रमलाई कृषि तथा पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी तथा सरसफाई र सिंचाई, युवा तथा खेलकुद, वन वातावरण तथा भू–संरक्षण, महिला तथा वालवालिका, आर्थिक विकास, राजश्व संकलन र परिचालन, सुशासन तथा सेवा प्रवाह, सरकारी तथा गैर सरकारी निकायसँग समन्वय, न्याय सम्पादन, विपद व्यवस्थापन, विद्युतिकरण तथा वैकल्पिक उर्जा र सुरक्षित वैदेशिक रोजगार (सामी) शिषर्कमा बर्गिकरण गरी विस्तृत रुपमा स्पष्ट दिशानिर्देश हुने र कार्यान्वयनमा समेत सहजता हुने गरी तयार गरी प्रस्तुत गरेको छु ।
नगरसभामा उपस्थित सदस्यज्यूहरु,
म बाह्रविसे नगरपालिकाले आर्थिक वर्ष २०७९।८० मा अख्तियार गर्ने नीति तथा कार्यक्रमहरुलाई प्रस्तुत गर्दछु ।

विषय शीर्षक नीति तथा कार्यक्रमहरु
कृषि तथा पशुपालन  फलफूल तथा तरकारी पकेट कार्यक्रम संचालन गर्न कृषकहरुलाई प्रोत्साहन र प्राविधिक सहयोग गरिनेछ ।
 कृषि उपजको संकलन गरी बजार सम्म पु¥याउनको लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
 कृषि उपजलाई बजार सम्मको पहुँच विस्तारमा उपयोग हुने गरी नगर चिस्यान केन्द्रको निर्माण र संचालन गरिनेछ ।
 हिमाली आलुको उत्पादन र उपभोग बढाउन पकेट क्षेत्र ९एयअपभत० निर्धारण गरी कृषकहरुलाई प्रोत्साहन गर्ने र बजारीकरण गर्ने व्यवस्था गरिनेछ ।
 वन जंगलमा खेर गइरहेको औषधीजन्य विशेषता बोकेको जडिवुटीको संरक्षण, संकलन, प्रशोधन तथा प्रवर्दन गर्न नगर आरोग्य केन्द्रको क्षमता अभिवृद्धि गरिने छ ।
 माटो परीक्षण कार्यक्रमलाई विस्तार गरी घुम्ती कार्यक्रमको रुपमा संचालन गरिनेछ । साथै कृषि कार्य गर्न तथा कृषकहरुलाई वाली उत्पादकत्व ९ऋचयउ ऋगततष्लन० निर्धारण गर्न प्राविधिक सहयोग गरिनेछ ।
 माछा पालन कार्यक्रमलाई प्रोत्साहन गर्न असला र रेन्बो ट्राउट जस्ता माछा पालन गरी बाह्रविसेको पहिचान पुनः स्थापन गरिनेछ ।
 चौरी संरक्षण कार्यक्रम संचालन गरी चौरीजन्य उत्पादनहरुलाई बजारीकरण र प्रवद्धर्न गरिनेछ ।
 नस्ल सुधार कार्यक्रम संचालन गरी उन्नत जातको पशुपंक्षी उत्पादन प्रवद्र्धन गरिनेछ ।
 भेडा संरक्षण तथा प्रवद्र्धन कार्यक्रम मार्फत ऊन उत्पादन गरी राडी पाखी, गलैंचा, जस्ता लघु उद्यम कार्यक्रम संचालन गरिनेछ ।
 लोप हुँदै गएको हिमाली भोटे कुकुर उत्पादन एव संरक्षण गर्दै किसानहरुको अतिरिक्त आम्दानीको स्रोत विकास गरिनेछ ।
 मासु तथा डेरी जन्य उत्पादनमा आत्मनिर्भर बनाइनेछ ।
 रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै किसानहरुलाई प्राङ्गारिक खेती तर्फ आकर्षित गर्न आवश्यक व्यवस्था गरिनेछ ।
 सार्वजनिक तथा नीजि बाँझो जमिन उपयोग एवं न्यूनीकरण गर्न फलफूल, घाँस खेती वृक्षारोेपणले भू–उपभोग गरी जंगली जनावरहरुलाई प्राकृतिक रुपले नै नियन्त्रण गर्दै पशुपालन व्यवसाय गर्न दिर्घकालीन रणनीति तयार गरिनेछ ।

शिक्षा  शिक्षाले समग्र समाजलाई मार्गदर्शन गर्ने भएको हुँदा समय सान्दर्भिक शैक्षिक विकास गर्न आवश्यक रहन्छ । शैक्षिक विकासको उत्तरदायी र आधिकारिक संस्था विद्यालय, क्याम्पसहरु नै हुन । यस बाह्रविसे नगरपालिका उक्त संस्थाको संस्थागत क्षमता विकास गर्न नगर स्थापना देखीनै लागि परेको कुरा अनुरोध गर्न चाहन्छौं ।
 विद्यालयमा दिवा खाजा कार्यक्रम व्यवस्थित तथा विस्तार गर्दै आधारभूत तहको कक्षासम्म दिवाखाजा व्यवस्थापन गरिनेछ ।
 माध्यमिक तहको कक्षा १२ सम्म निःशुल्क शिक्षा गर्ने तर्फ आवश्यक कार्य गरिने छ ।
 विद्यालय सरसफाई मैत्री तथा हरित विद्यालय वातावरणको आवधारण अनुसार कार्य गरिने छ ।
 जनप्रतिनिधी र विद्यालयको समन्वयमा शैक्षिक गुणस्तर सुधारका लागि संयुक्त अनुमगन नियमनलाई प्राथमिकता दिइने छ ।
 पूर्वप्राथमिक कक्षामा गरिएको लगानीलाई नतिजामूखी बनाउने प्रयत्न गरिनेछ ।
 विषय शिक्षक तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु वीच अन्र्तक्रिया गरी विषय शिक्षक सिकाइ सुधार गरिनेछ ।
 शिक्षक, प्रधानअध्यापक, पादाधिकारीहरुको घुम्ती बैठक आयोजना गरी अनुभव आदान प्रदान तथा असल अभ्यासलाई प्रवद्र्धन गरिनेछ ।
 विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिर्दै छात्रा मैत्री विद्यालय वातावरण तयार गरिनेछ ।
 सार्वजनिक शिक्षामा गुणस्तरीयता सूनिरिचतता गर्न विद्यालयमा प्रविधि मैत्री शिक्षालाई प्रवद्र्धन गरिनेछ ।

स्वास्थ्य  स्वास्थ्य वीमा कार्यक्रममा क्रमशः नगरवासीहरुको पहुँच स्थापित गरिनेछ ।
 अशक्त, अपाङ्ग, दलित, अल्पसंख्यक आदि विशेष समूहलाई आवश्यकताको आधारमा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ ।
 बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रलाई क्षेत्रीय अस्पतालमा रुपान्तरण गर्न आवश्यक पहल गरिनेछ ।
 महामारी जन्य रोगहरुको नियन्त्रण रोकथाम तथा व्यवस्थापन कोष स्थापना र संचालन गरिनेछ ।
 कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
 नगर भित्रका सार्वजनिक निकायहरुमा कार्यालयहरुमा क्रमश स्तनपान कक्ष निर्माण गरिनेछ ।
 नागरिक आरोग्य सेवा केन्द्रको क्षमता अभिवृद्धि गर्दै नागरिकको पहुँच विस्तार गरिनेछ ।
 पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
 महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई मासिक रु. १५०० को दरले यातायात खर्च प्रदान गरिनेछ ।
 यस नगरपालिका भित्रका आमाहरुलाई प्रसुती हुन जाँदा लाग्ने यातायात खर्च वापत प्रदान गरिने रकमलाई निरन्तरता दिइनेछ ।

पूर्वाधार विकास  बाह्रविसे नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गरी कार्यालयका सम्पूर्ण सेवाहरुलाई एकीकृत रुपमा प्रदान गरिनेछ ।
 नगरपालिका केन्द्र देखि वडा कार्यालयसम्म संचालन हुने सडक बाहै्र महिना संचालन हुने व्यवस्था मिलाइने ।
 बाढि, पहिरो, भूक्षय तथा नदी तटीय क्षेत्रमा रहेका जोखिम युक्त वस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक प्रवन्ध मिलाइनेछ ।
 स्थानीय ग्रामिण कृषि सडकको स्तरोन्नती गरिनेछ ।
 शीत भण्डार स्थापना तथा संचालन गरिनेछ ।
 तीव्र रुपमा वस्ती विकास भएका क्षेत्रहरुमा शहरी पूर्वाधार विकास गरिनेछ ।
 नगरका मूख्य वस्तीहरुमा सोलार वत्तीको व्यवस्था गरी नागरिकलाई सुरक्षित महसुश गरिनेछ ।
 पर्यटकीय क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार विकास गरिनेछ ।
 औद्योगीक ग्रामको निर्माण तथा संचालन कार्यलाई प्राथमिकतामा दिइनेछ ।
 उपभोक्ता समिति मार्फत निर्माण भएको योजनाहरुको दिगोपाना सुनिश्चित गर्न त्रुटि प्रतिको जवाफदेहिता कायम गर्न ९म्भाभअत ीष्बदष्ष्तिथ एभचष्यम० सम्झौता रकमको निश्चित प्रतिशत रकम धरौटी स्वरुप राख्ने व्यवस्था गरिनेछ ।
 जमिनको असंवेदनशील प्रयोगको असरलाई न्यूनीकरण गर्नको लागि एकीकृत सहरी विकास योजना क्ष्ग्म्ए तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
 भवन निर्माण इजाजत–पत्र तथा नक्शापास कार्यलाई अनिर्वाय गर्दै भवन निर्माण मापदण्ड लागू गरिनेछ ।
 नगर यातायात व्यवस्थापन कार्ययोजना तर्जुमा गरी अव्यवस्थित सवारी साधान पार्किङ्गको समस्या समधान गरिनेछ ।

खानेपानी तथा सरसफाई र सिँचाई  खानेपानीका प्राकृतिक मुहानहरुलाई संरक्षण गर्दै समुदायमा आधारित खानेपानी उपभोक्त समितिहरु निर्माण गरी कार्यान्वयन गरिनेछ ।
 एक घर एक धाराको कार्यक्रम मार्फत नागरिकहरुमा स्वच्छ खानेपानीको पहँुच स्थापित गरिनेछ ।
 नगरपालिका अन्तर्गतका कार्यालयहरुमा स्यानेटरी प्याडको पहुँच विस्तार गर्न भेन्डिङ मेसिन संचालन गरिनेछ ।
 नगरबाट उत्पादित फोहोरमैला जन्य वस्तुहरुको प्रभावकारी व्यवस्थापन गर्न उपयुक्त स्थान छनोट गरी ल्याड फिल्ड साईटको स्थापना गरिनेछ ।
 खेतियोग्य जमिनहरुमा आवश्यक सिंचाई व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ ।

युवा तथा खेलकुद  युवाहरुलाई स्थानीय स्तरमा रहेर व्यवसाय गर्नको लागि व्यवसायीक तालिम, प्र प्राथमिकताको आधारमा विउ पुँजीमा सहयोग गरिनेछ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन सहकारी संस्थाहरु सँग समन्वय गरिनेछ ।
 युवाहरुलाई खेल नियमिता तथा निरन्तरतामा प्रात्साहन गरिनेछ ।
 नगरस्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरिनेछ ।
 खेलकुृद कल्व तथा समितिहरु विस्तारलाई प्राथमिक गरिनेछ ।
 खेलकुद पूर्वाधारहरुको विकास तथा विस्तारको नीति लिइनेछ ।
 युवा तथा सरोकारवालाहरु सँगको सम्बन्ध सुदृढ गर्न विभिन्न मैत्रीपूर्ण खेलकुदहरुको आयोजना गरिनेछ ।
 राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोतिमा युवा खेलाडीहरुको सहभागितालाई प्रोत्साहन गरिनेछ ।
 विभिन्न प्रतियोगितमा अव्बल स्थान प्राप्त गर्ने खेलाडीहरुलाई प्रात्साहित गर्न सम्मान गरिनेछ ।
वन,वातावरण तथा भू–संरक्षण  नगरपालिका भित्र वनजङ्गलको विकासको लागि वृक्षारोपण अगाडी बढाउन नर्सरीको स्थापना र व्यवस्थापन गरिनेछ ।
 सामुदायिक वन उपभोक्ता समितिहरुको सूचिकरण गरी प्रभावकारी व्यवस्थापन गरिनेछ ।
 वायो इन्जिनियरिङको प्रयोग मार्फत भूक्षय संरक्षण कार्यक्रम संचालन गरिनेछ ।
 जलवायू परिर्वतनबाट सृजित असरहरुसँग जुध्नको निम्ती स्थानीय समुदायकहरुमा अनुकुलन कार्यक्रम संचालन गरिनेछ ।
 वन संरक्षण तथा भूक्षय रोकथाम एवं न्यूनिकरणका लागि समुदाय सचेतिकरण संचालन गरिनेछ ।
महिला तथा वालवालिका  लैंगिक समनता तथा समाजिक समाबेशीकरणलाई जोड दिदै अपाङ्ग लक्षित कार्यक्रम संचालन गरिनेछ ।
 बालवालिकालाई सशक्तीकरण गर्न नगर वाल संजाल तथा बाल गठन क्लव गरिनेछ ।
 सीप विकास तथा क्षमता अभिवृद्धि तालिमहरु मार्फत महिलाहरुलाई आत्मनिर्भर तथा उद्यमशील तुल्याइनेछ ।
 लैंगिक समनता तथा समाजिक समाबेशीकरण नीति कार्यान्वयन गरी घरेलु हिंसा, बहुविवाह, बोक्सी, दाइजो जस्ता सामाजिक कुप्रथा एवं अपराध नियन्त्रण तथा न्यूनीकरण गरिनेछ ।
 जेष्ठ नागरिकहरुको सिकाइ तथा अनुभवलाई सम्मान एवं अनुकरण गर्दै, सो बाट प्राप्त ज्ञान लाई नगर विकासमा उपयोग गरिनेछ ।
 महिला, वालिवालिकासँग सम्बन्धित विभिन्न दिवसीय कार्यक्रम संचालन गरी नागरिक चेतना अभिवृद्धि गरिनेछ ।
आर्थिक विकास  उद्यमशीलता विकास र कृषि प्रवद्र्धनमा सहकारीको भूमिका बढाइनेछ ।
 वित्तीय पहँुच विस्तार र आर्थिक सामाजिक समावेशीकरणमा सहकारी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
 सहकारी संघ संस्थालाई पूर्ण रुपमा डिजिटल ९म्ष्नष्तब०िबनाई लेखा प्रणाली ९क्यातधबचभ० सफट्वेयर राख्न प्रोत्साहन गरिनेछ ।
 ऋइएइःक्ष्क् प्रणालीमा सहकारी संघ संस्थालाई आबद्ध गर्न विशेष व्यवस्था गरिनेछ ।
 सहकारी मार्फत उत्पादित बस्तुको प्रशोधन, भण्डारण, बजारीकरण र विबिधिकरण सम्बन्धी योजना संचालन गरिनेछ ।
 कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न साना किसानलाई सहकारीको माध्यमबाट एकीकृत गरी ठूलो आकारको खेती गर्दै वृहत्त परिमाणमा कृषि उत्पादन, प्रशोधन र बजारीकरण गर्न आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
 निष्कृय अवस्थामा रहेका सहकारी संस्थाको पुनःसंचालन लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
 सवल सहकारी संस्था निर्माण गर्नको लागि सहकारी संस्थाहरुलाई एकीकरणको लागि प्रस्ताव गरिनेछ ।
 सूचना तथा संचार प्रविधि र अन्य प्रविधिको प्रयोग गरी स्वदेशी तथा विदेशी पर्यटन प्रचार प्रसार गरिनेछ ।
 नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास र प्रवद्धर्न गर्दै, आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गरिनेछ ।
 रैथाने बस्तीहरुमा होम स्टे ज्यmभ क्तबथ को पहिचान र विकास गरिनेछ ।
 पर्यटकीय उपजको विकासमा स्थानीय स्रोत साधन र उत्पादनलाई प्रोत्साहित गरिनेछ ।
 पर्यटकीय क्षेत्रको दिगो विकास तथा प्रभावकारी व्यवस्थापनको लागि स्थानीय तह र समुदायवीचको सहकार्यलाई बढवा दिइनेछ ।
 स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित स्थानीय लघु उद्योग तथा साना उद्योगको स्थापना र संरक्षण गरिनेछ ।
 स्थानीय औधोगिक ग्राममा स्थापना हुने उद्योग व्यवसायलाई प्रविधिमा सहयोग एवं ऋण अनुदानको व्यवस्था गरिनेछ ।
 स्थानीय लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरणको निम्ती आवश्यक प्रवन्ध मिलाइनेछ ।
 “कोसेली घर” को स्थापना गरिनेछ ।
 स्थानीय लघु उद्यमीहरुलाई प्रोत्साहित गर्न नवीन प्रविधि हस्तान्तरण गरिनेछ ।
 स्लेट, ढुङ्गा आदि उद्योगको उत्खन्न क्षमता बढाई व्यवस्थित तुल्याउनेछ ।

राजश्व संकलन र परिचालन  राजश्वका नयाँ क्षेत्रहरुको पहिचान र करका क्षेत्रहरुको विविधिकरण तथा दायारा विस्तार गरी आन्तरिक आय वृद्धि गरिनेछ ।
 नगर क्षेत्र भित्र संचालित व्यवसायहरुलाई करको दायरमा ल्याइनेछ ।
 क्यातधबचभ को प्रयोग गरी राजश्व प्रणाली संचालन गरिनेछ ।
 राजश्व भुक्तानी सेवालाई इलष्लिभ अनलाईन प्रणालीमा रुपान्तरण गर्न इ–सेवा, खल्ती आदिजस्ता अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरिनेछ ।
 व्यवसायीहरुमा कर शिक्षा तथा सचेतीकरण अभियान संचालन गरिनेछ ।
 नगरपालिका भित्रका विभिन्न सडकहरुमा लागू भएका पटके सवारी कर संकलन कार्य बन्द गरिनेछ ।
 सार्वजनिक खरिदका प्रक्रियाहरुमा पारदर्शिता कायम गर्न सम्पूर्ण खरिद प्रकृयालाई ई–विडिङमा लगिनेछ ।
सुशासन तथा सेवा प्रवाह  भ्(न्यखभचलबलअभ को प्रयोग मार्फत सेवा प्रवाहमा चुस्त दुरुस्त गरिनेछ ।
 नगरपालिकबाट प्रवाह हुने सेवा सम्बन्धमा चौमासिक रुपमा सार्वजनिक सुनुवाई
गरिनेछ ।
 मागमा आधारित एकीकृत घुम्ती सेवा मार्फत जनता निकटम पहुँचमा सेवा पु¥याइने छ ।
 सेवा प्रवाहमा गुणस्तर कायम गर्न कर्मचारी एवं जनप्रतिनिधिको क्षमता अभि सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।
 कार्य सम्पादानमा उत्तरदायी बनाउने पदाधिकारीबाट कर्मचारीको कार्यसम्पदान सम्झौता गरिनेछ ।
 योजना तथा वजेटलाई मध्यकालीन खर्च संरचनासँग जोड्न आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
 दिगो विकासका लक्ष्यहरु स्थानीयकरण सम्बन्धी नीति अनुरुप कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
 योजना बैंकको निर्माण गरी योजनाहरुको प्राथमिकीकरण गर्दै क्रमश कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ ।
 नगरपालिका सम्बद्ध सूचना तथा तथ्यांकलाई व्यवस्थित रुपमा संकलन गरी नगर डाटा बैंकको स्थापना गरिनेछ ।
 आवश्यकताको आधारमा अनलाईन रजिष्टे«शन तथा टोकन प्रणाली आदिको प्रयोग गरी सार्वजनिक सेवालाई चुस्त र छरितो बनाइनेछ ।
 इउभल न्यखभचलबलअभ को अवधारणालाई कार्यान्वयन गर्दै सहभागितामूलक निर्णय प्रकृयाको अबलम्वन गरी निर्णयहरु नगर प्रवक्ता मार्फत सार्वजनिक गरी निर्णयमा जनताको पहुँच स्थापित गरिनेछ ।
 नगरपालिकाबाट प्रवाह गरिने सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न नागरिक सहायता कक्ष, सूचना केन्द्र तथा कार्यालय परिसर भित्र ँचभभ ध्षष् को व्यवस्था गरिनेछ ।
 सूचकमा आधारित अनुगमन तथा मूल्यांकनको प्रयोगबाट सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गरिनेछ ।
 नगरपालिकाबाट हुने सम्पूर्ण भुक्तानीलाई बैंकिङ प्रणालीबाट संचालन गरिनेछ ।
 स्वदेशी तथा विदेशी शहरहरुसँग भगिनी सम्बन्ध विस्तार गरिनेछ ।
 भगिनी सम्बन्ध स्थापना गर्दै नगरस्तरीय असल अभ्यास तथा सफल अनुभव आदान प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
 विद्यायन समितिको क्षमता अभिवृद्धि गरी यस आर्थिक वर्ष भित्र निम्नानुसार कानूनहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ः
 स्थानीय आकस्मिक कोष संचालन सम्बन्धी ऐन
 आर्थिक सहायता सम्बन्धी कार्यविधि
 एम्बुलेन्स संचालन कार्यविधि
 सुत्केरी यातायात खर्च संचालन कार्यविधि
 प्राथमिक सेवा केन्द्रमा अतिरिक्त सेवा संचालन कार्यविधि
 अनुदान हस्तान्तरण सम्बन्धी कार्यविधि
 पदाधिकारी र कर्मचारीहरुलाई क्षमता विकास कार्यविधि
 गुनासो पेटिका र गुनासो सुनुवाई व्यवस्थापन सम्बन्धी कार्यविधि
 एफ एम रेडियो संचालन सम्बन्धी कार्यविधि
 घुम्ती सेवा संचालन सम्बन्धी कार्यविधि
 जोखिम संवेदनशील भू–उपयोग सम्बन्धी कार्यविधि
 सार्वजनिक निजी साझेदारी सम्बन्धी कार्यविधि
 आयोजना तथा पूर्वाधारहरुको मर्मत तथा संभार कोषको स्थापन र संचालन सम्बन्धी कार्यविधि
 फोहोरमैला तथा ढल व्यवस्थापन सम्बन्धी कार्यविधि
 हेभी मेसिनरी संचालन सम्बन्धी कार्यविधि
 मर्मत संभार कोष तथा संचालन सम्बन्धी कार्यविधि
 कर्भडहल संचालन सम्बन्धी कार्यविधि
 सडक यातायात गुरुयोजना
 दिगो विकासका लक्ष्यहरु स्थानीयकरण सम्बन्धी कार्ययोजना
सरकारी तथा गैरसरकारी निकाय सँगको समन्वय गरै सरकारी संस्थाहरुबाट संचालन हुने कार्यक्रमलाई बजेटमा समावेश गरेर मात्र कार्यान्वयन गर्ने प्रवन्ध मिलाइनेछ ।
न्याय सम्पादन  न्यायमा सहज सरल पहुँच स्थापित गर्दै स्वतन्त्र, निष्ष्क्ष र सक्षम न्यायिक समिति मार्फत न्याय निरुपण गरिनेछ ।
 नवनिर्वाचित वडा अध्यक्षहरुलाई न्यायिक अभिमुखीकरण तालिम संचालन गर्ने वडा मेलमिलाप केन्द्रको क्षमता अभिवृद्धि गरिनेछ ।
 समयसापेक्ष कानून तर्जुमा कार्यान्वयन र संशोधन गरी नगरपालिकाको कार्यलाई गतिशील तुल्याइने छ ।

विपद व्यवस्थापन  विपद व्यवस्थापन कोषलाई प्रभावकारी तुल्याई विपद पूर्व तयारी, प्रतिकार्य, उद्धार तथा राहत, रोकथाम, अल्पिकरण एवं अनुकूलनका कार्यलाई व्यविस्थत रुपमा संचालन गरिनेछ ।
 मनसुन जन्य विपद प्रभावित निम्ती आवास निर्माण तथा पुनः स्थापना, प्रवलीकरणको निम्ती आवश्यक व्यवस्था गरिनेछ ।
 सम्भावित विपद व्यवस्थापनका निम्ती आवश्यक सामाग्रीको व्यवस्थापन गरिनेछ ।
 विपद् व्यवस्थापन का निम्ती च्बउष्म च्भकउयलकभ त्भबm को गठन एवं परिचालन गरिनेछ ।
 आगजनी जन्य विपद व्यवस्थापनका निम्ती दमकल खरिद एवं व्यवस्थापन गरिनेछ ।
 जोखिम संवेदनशील भू–उपभोग नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
विद्युतिकरण एवं वैकल्पिक उर्जा  बजार क्षेत्रका विद्युतीय पोल, तार, टेलिकमको तार, इन्टरनेटको तारलाई व्यवस्थित गर्न सम्बन्धित सरोकारवालासँग समन्वय गरिनेछ ।
 नगर भित्रका विद्युतीय नाङ्गो तारलाई न्यूनीकरण गर्दै कालो तारको व्यवस्था गरी विद्युत चुहावट कमीको लागि पहल गरिनेछ ।
 नगरपालिकाको सार्वजनिक स्थान तथा वस्तीहरुमा आवश्क पर्ने सडक सौर्य वती व्यवस्था गरिनेछ ।
 बजार क्षेत्रमा सडक सौर्य वत्ती तथा सि.सि.टि.भि जडान गरी नागरिकलाई सुरक्षित महशुस गराइनेछ ।
सुरक्षित वैदेशिक रोजगार (सामी) परियोजना  वैदेशिक रोजगार सम्बन्धी कार्यलाई व्यवस्थित गरी सीप सिकेर मात्र विदेश जाने र वैदेशिक रोजगार मार्फत प्राप्त आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने वातावरण निर्माण गरिनेछ ।
 सुरक्षित वैदेशिक रोजगार सम्बन्धी कार्यलाई व्यवस्थित गरी अभिलेख व्यवस्था गर्न प्रोफाइल तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
 मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता कक्षाको उत्कृष्ठ सहभागीहरुको लागि बीऊ पुँजी सहयोग गरिनेछ ।
 रिटर्नी स्वयंसेवक परिचालन गरी वैदेशिक रोजगारमा जाने र गएको व्यक्तिहरुको सूचना पूनः अध्यावधिक गरिनेछ ।
नगर सभाका सदस्यज्यूहरु,
प्रस्तावित नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयनबाट बाह्रविसे नगरपालिकाको आर्थिक, समाजिक, साँस्कृतिक, राजनीतिक क्षेत्रले थप गतिशीलता प्राप्त गरी सामाजिक न्याय, समनता, समता कायम गर्दै लोककल्याणकारी राज्यको स्थापनामा योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा नगरको विकासमा योग्दान गर्न सम्पूर्ण राजनीतिक दल, राष्ट्रिसेवक कर्मचारी, सामुदायिक र सहकारी क्षेत्र, श्रमिक, नागरिक समाज, संचार क्षेत्र, एवं सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद !
बालकृष्ण बस्नेत

नगर प्रमुख