सम्पर्क

बाह्रविसे नगपालिकाको ११औँ नगर सभामा उप(प्रमुख श्री मन्जु तामाङलेप्रस्तुत गर्नु भएको आय र व्यय

 

 

नगर सभाका आदरणीय अध्यक्ष महोदय,
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको, नेपालको सविधान २०७२ को धारा २३० र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ बमोजिम बाह्रविसे नगरपालिकाको उपप्रमुखको हैसियतले नगर सभाको बैठकमा आर्थिक वर्ष २०७९।८० को अनुमान प्रस्तुत गर्ने अनुमती चाहन्छु । प्रस्तुत बजेटलाई कृषि, शिक्षा र उद्यमशीलताको विकासबाट समृद्धि तर्फको यात्रा प्रस्थान गर्ने बजेटको रुपमा प्रस्तुत गरेको छु ।
२. स्थानीय तहको आवधिक निर्वाचन सम्पन्न भए पश्चात गठन भएको बाह्रविसे नगरपालिकाको ११ औं नगरसभामा हामी उपस्थित भएका छौं । यस सुखद् पृष्ठभूमिमा नगरसभाको यस बैठकमा आज आर्थिक वर्ष २०७९।८० को आय र व्यय अनुमान प्रस्तुत गर्न पाँउदा मलाई गर्वको अनुभूति भएको छ ।
३. यस अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र जनजीवनका लागि भएका विभिन्न आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै यी आन्दोलनहरुमा नेतृत्व र बलिदान गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।

४. विश्वभर फैलिएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि हामी सबैको संयुक्त प्रयासबाट यस्ता महामारी विरुद लड्न र सामना गर्न सकिन्छ भन्ने विश्वास लिएको छु । संक्रमण नियन्त्रण र व्यवस्थापनमा अहोरात्र खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक र व्यवसायीक संघ संस्था लगायत सम्पूर्ण नागरिकलाई धन्यवाद् ज्ञापन गर्न चाहान्छु ।

सभाका आदरणीय अध्यक्ष महोदय,
५. आर्थिक वर्ष २०७९।८० को आयको अनुमान पेश गर्न गइरहेको छु ।
ड्ड नेपालको संविधान अनुसार नेपाल सरकारले स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरण अनुदान अन्तर्गत संघीय समानिकरण १५ करोड ६० लाख, संघीय सर्शत अनुदान अन्तर्गत २२ करोड १२ लाख आय प्रस्तावित भएको छ ।
संघीय राजश्वबाट ९ करोड ५२ लाख २६ हजार आय प्रस्तावित गरिएको छ ।
ड्ड बागमती प्रदेश सरकारबाट प्रदेश समानिकरण अनुदान अन्तर्गत १ करोड ५२ लाख ५६ हजार र प्रदेश सःशर्त अनुदान अन्तर्गत २ करोड ३८ लाख ३६ हजार, प्रदेश समपुर अनुदान २ करोड ५३ लाख १ हजार र प्रदेश विशेष अनुदान १ करोड ४० लाखको अनुमान प्रस्तावित भएको छ ।
ड्ड प्रदेश राजश्व बाँडफाडबाट ५ करोड ७ लाख ८४ हजार आय प्रतावित भएको छ ।
ड्ड स्थानीय राजश्व बाँडफाडबाट ६६ लाख आय हुने अनुमान गरेको छु । त्यस्तै आन्तरिक स्रोतबाट २० लाखको अनुमान गरेको छु ।

सभा अध्यक्ष महोदय,
सामाजिक उत्तरदायित्व अन्तर्गत बाह्रविसे नगरपालिकामा संचालित जलविद्युत विकास आयोजनाहरुबाट देहाय बमोजिमका आय अनुदानको रुपमा प्राप्त हुने अनुमान गरेको छु ।
ड्ड मध्यभोटेकोशी जलविद्युत कम्पनी लि. १ करोड ६ लाख,
ड्ड मध्यभोटेकोशी शिक्षक तलब १६ लाख ८० हजार,
ड्ड माथिल्लो भोटेकोशी कम्पनी लि. ९ लाख,
ड्ड सानिमा हाइड्रो पावर कम्पनी लि. ३ लाख र सेन्चुरी हाइड्रो पावर कम्पनी लि.बाट ८ लाख प्राप्त हुने अनुमान गरेको छु ।
सभा अध्यक्ष महोदय,
आर्थिक वर्ष २०७८।७९ को विनियोजित बजेटबाट ३० लाख रकम यस आर्थिक वर्षमा प्राप्त हुने अनुमान गरेको छु ।

सभा अध्यक्ष महोदय,
अब म आर्थिक वर्ष २०७९।८० को व्यय तर्फको प्रस्तावित अनुमान पेश गर्दछु ।
ड्ड संघीय सःर्शत कार्यक्रम खर्चका लागि २२ करोड १२ लाख र प्रदेश सःशर्त कार्यक्रम खर्चको लागि २ करोड ३८ लाख ३६ हजार व्ययको अनुमान पेश भएको छ
ड्ड प्रदेश समपुरक अनुदान र प्रदेश विशेष कार्यक्रम अनुदान अन्तर्गत क्रमशः २ करोड ५३ लाख १ हजार र १ करोड ४० लाख अनुमान पेश भएको छ ।
ड्ड नगर चालू तर्फ १४ करोड ६० लाख १० हजार विनियोजन गरेको छु ।
ड्ड सामाजिक विकास तर्फ ४ करोड ३० लाख ५० हजार र आर्थिक विकास तर्फ १ करोड विनियोजन गरेको छु ।
ड्ड पूर्वाधार विकास कार्यक्रम तर्फ २ करोड ६० लाख विनियोजन गरेको छु ।
ड्ड सहरी विकास कार्यक्रममा १ करोड ८५ लाख विनियोजन गरेको छु ।
ड्ड समपुरक कोषको लागि १ करोड २० लाख विनियोजन गरेको छु ।
ड्ड विपद व्यवस्थापन कोषको लागि ५० लाख विनियोजन गरेको छु ।
ड्ड जनतासँग नगर प्रमुख कार्यक्रमका लागि १ करोड ६७ लाख ५० हजार विनियोजन गरेको छु ।
ड्ड मर्मत कोषको लागि ५६ हजार विनियोजन गरेको छु ।

वडाहरुको समानुपातिक विकासको लागि ४ करोड ५० लाख विनियोजन गरेको छु ।

सभा अध्यक्ष महोदय,

आर्थिक वर्ष २०७९।८० को आय र व्यय अनुमान्मा
कूल आयः ६२ करोड ७४ लाख ८३ हजार
पूँजीगत व्ययः १८ करोड २८ लाख ५६ हजार
चालू व्ययः १४ करोड ६० लाख १० हजार
पेश गेरको छु ।

सभा अध्यक्ष महोदय,

समष्टिगत राष्ट्रिय अर्थतन्त्रमा आउन सक्ने उतारचढाब र अस्थिरता विपद तथा जलवायू जन्य प्रकोपको जोखिमले बजेट कार्यान्वयनबाट प्राप्त हुने प्रतिफलमा असर पुग्न सक्दछ । आउन सक्ने जोखिमको न्यनीकरण गरी बजेट कार्यान्वयन गरिनेछ ।

प्रस्तुत बजेट तर्जुमाको क्रममा प्राप्त मार्गर्दशनका लागि नगर प्रमुख ज्यू, वडा अध्यक्षज्यू, तथा राष्ट्रसेवक कर्मचारीहरु प्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु ।

बजेट तर्जुमा प्रकृयामा अमूल्य सुझाव प्रदान गर्ने राजनीतिक दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, तथा संचार जगतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस बजेटको कार्यान्वयनमा सबैको सहयोग रहने विश्वास लिएको छ ।

अन्त्यमा प्रतावित आय व्ययको अनुमानको सफल कार्यान्वयनबाट बाह्रविसे नगरपालिकाले आर्थिक, समाजिक, साँस्कृतिक, राजनीतिक लगायतका क्षेत्रमा थप गतिशीलता प्राप्त गरी सामाजिक न्याय, समता र समनता कायम गर्न सक्दछ भन्ने विश्वास लिएको छु ।

धन्यवाद !