सम्पर्क

जेलमा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक चौतारा कारागारमा रहँदै आएका एक कैदीको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । रिङ्गटा लागेर ढलेका गोलेलाई चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिनुभयो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।