सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिकाको सहकारीसँग अन्तरक्रिया

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीकाले नगर भित्रको सहकारीहरुसँग आईतबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा सागाचोकगढी नगरपालिकाद्वारा आयोजित नगर स्तरिय सहकारहरुको प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सहकार्यको आधारमा काम गर्न काम गर्न सके मात्र सफलता हुन सकिने बताउनु भएको छ । सरकार र सहकारी संस्था मिलेर काम गर्नका लागि आग्रह गर्दै सहकारीको व्यस्थापनमा सबैले ध्यान दिएर काम गर्न अनुरोध गर्नु भयो । सबै जना विधि र बिधान अनुसार चल्न पर्ने भएकाले सबैले बिधि अनुसार गर्न आग्रह गर्नु भयो । कार्यक्रममा सहकारी संस्थाको आर्थिक स्थिति र व्यस्थापन राम्रो भयो भने सक्षम सहकारीको रुपमा स्थापित हुने हँुदा त्यसका लागी, सरकारी र निजि क्षेत्र मिलेर काम गर्न पर्ने बताउँनु भयो । सहकारी संस्थाका प्रतिनिधीहरुले हाल सम्म गरी आयको कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । आ—आफ्ना सहकारिहरुले संस्थाका कार्यक्रमहरुको बारेमा जानकारी गराउँने क्रममा नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव मोहन बहादुर बस्नेत (शम्भु)ले कृषि सहकारि तथा बिषयगत सहकारिहरुलाई एक प्रकारले सेवामुखी भन्न पर्ने बताउँदै यस्तालाई नगरले आवश्यक ज्ञान र सिपको लागि सहयोग गरी रहन पर्ने बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिका भित्रका सहकारीहरु बिच एक अन्तरक्रिया कार्यक्रम गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका सहकारी शाखाका प्रमुख दुर्गा प्रसाद ढुगेंलले सहकारीताका माध्ययमबाट सञ्चालन भएका कार्यक्रमहरु सफलताका साथ सम्पन्न भएको हुँदा कार्य सञ्चालन गर्दा सहकारीताको माध्यमबाट काम गर्न आग्रह गर्नु भयो । उहाले सो अवसरमा सहकारीका व्यवस्थापकहरुलाई असार १३ गते देखी सहकारी सञ्चालनका लागी सफ्टेयर सञ्चालन गर्न लागेको समेत जानकारी दिनु भयो ।