सम्पर्क

डडुवामा महीला सञ्जाल पुनंगठन

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले वडा न १४ मा महिला सञ्जालले महिलाहरुको भेला गराई समितीमा पुनर्गठन गरेको छ । वडाअध्यक्ष उद्वव नेपालको प्रमुख अथ्यितामा भएको भेलामा महिला सदस्य मिना नेपालले स्वागत मन्तब्य राख्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उद्धव नेपालले वडाको बिकासमा सधै सबेको सहयोगका आशा राखेको बताउनू भयो । उहाँले सबेैले सहयोग गरे पछि मात्र सफलताको बाटो मा हामि जान चाहान्छौ । भन्नू भयो उँहाले बैधानिकताको बाटो जाने पारदर्शीताका साथ काम गर्नु अनुरोध गर्नु भयो । नेपालले नगरले महिलाहरुको उत्थानको लागि सहयोग गररहेकाले यसलाई समेत मध्यनजर राखे काम गर्नु पर्ने बताउनु भयो । महिला हरुको हक हितका लागि आफु सँधै लागि पर्ने अनुरोध गर्नु भयो । सञ्जालको सचिव सीता बस्नेतले सञ्चालन गर्न भएको कार्यक्रममा बोल्दै स्वास्थ्य प्रमुख निर्जना नेपालले वडामा रहेका महिला तथा पुरुषहरुलाई अस्पतालको कागजका आधारमा ओैषधिको खर्च दिने भएकाले यसको सुबिधा लिन पर्ने बताउनु भयो । यसै गरि लोकप्रिय सञ्चार समुहका नेत्र बस्नेत ले स्थानिय महिलालाई स्थानिय स्तरमा रोजगारको ब्यवस्था गरिदिने भएकाले कम्युटरमा ज्ञान भएकोले कार्यलयमा सम्पर्क गर्न अनुरोध गर्नु भयो । कार्य क्रममा बोल्दै महिला सदस्य मनिसा विकले महिला हकहितका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमा बोल्दै वडा सचिब करिमा हुसेनले सरकारको नीति निर्देशन र कानुन संवत गरिने हरेक कार्यक्रमलाई वडाले सके भएको सहयोग गरिरहने बताउँदै उपलब्धि मुलक काममा लाग्नुपर्ने बताउनु भयो । उहाँले बिकासका काममा महिलाको नेतृत्व भए राम्रो र पादर्शीता हुने बताउनु भयो । प्रितिजा तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा सिता बस्नेतको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।