सम्पर्क

त्रिपुरासुन्दरीमा शैक्षिक विकासको प्राथमिकतामा साथी शिक्षक

पृथ्वीजंग पाण्डे/ पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकामा २९ सामुदायिक विद्यालयले सेवा दिइरहेका छन।जसमा ६ वटा माध्यमिक र २३ वटा आधारभुत विद्यालय छन । जतिखेर पनि सामुदायिक विद्यालयको गुणस्तर बारे प्रश्न उठे पछि गाउँपालिकाको शिक्षामा गुणस्तर सुधार गरि पठनपाठन गर्न पालिका अध्यक्ष भक्तध्वज बोहराले पहलकदामी लिएका छन।यसै बर्षदेखी उच्च शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न राममाबी चोकटी र कागेश्वरी माबी घोर्थलीमा प्लस टु संचालन गर्ने योजना छ।प्राबिधिक शिक्षा पढ्ने दलित विद्यार्थी लाई पुर्ण छात्रवृत्तिको ब्यवस्था गरिएको छ भने अपांग बालबालिकालाई शिक्षा मा पहुँच र गुणस्तर अभिवृद्धि गर्न बिशेष व्यवस्था गरिएको छ । ICT प्रयोगमा जोड दिई सिकाइ उपलब्धि धेरै र थोर भएका विद्यालय बिच अनुभव आदानप्रदान र नमूना विद्यालयको निति अवलम्बन गर्ने कार्यक्रम छ । प्राथमिक तहलाई शिक्षा क्षेत्रको आधारस्तम्भ मान्दै प्राथमिक तहको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न विशेष व्यवस्था गर्ने पालिकाको लक्ष्य छ । गाउँपालिका अध्यक्ष बोहराको अनुसार शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय र साझेदारी गरी गुणात्मक शिक्षाको अभियानलाई तिव्रता दिन हेलम्बु एजुकेसन लाइभलिहुड पार्टरसिप ( हेल्प) नामक संस्था संग सम्झौता गरिएको छ । हेल्प नेपालका प्रमुख जिमि लामाको अनुसार गाउँपालिकाले तय गरेका पाँच वडाका विद्यालयहरुमा आधारभूत तहको शैक्षिक सुधारको लागि संस्थाबाट तलब भत्ता व्योहर्ने गरि १० जना साथी शिक्षक पठाइएको बताउनुभयो । लामाको अनुसार गाउँपालिकाले शैक्षिक विकासको लागि लिएको सक्रियता र प्राथमिकतामा साथी शिक्षक कार्यक्रम अलावा अन्य विषयमा पनि साथ पुर्याउने गरि सम्झौता गरिएको छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी र गणित बिषय पढाउन सन २०१९ देखि पाचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकामा साथी शिक्षक कार्यक्रम चालू छ।कक्षा १ देखि कक्षा ५ सम्मका प्राथमिक तहमा अध्यापन गराइ प्राथमिक तह राम्रो भए क्षमतावान जनशक्ति उत्पादन हुने लक्ष्य लिइ त्रिपुरासुन्दरी गाउँपालिकाको विद्यार्थी धेरै र शिक्षक दरबन्दी कम भएको विद्यालय छनौट गरि पठनपाठन मा खटाइएको त्रिपूरा शिक्षा शाखा का शिक्षा अधिकृत शालिकराम घिमिरेले बताउनुभयो । अधिकृत घिमिरेका अनुसार सेतिदेबी आवि घोर्थली ,गणेश आवि चोकटी ,लालिगुरास आवि धुस्कुन,मंगलामाई माध्यमिक विद्यालय पिस्कर र कालिका माबी टेकानपुरले दुई/दुई शिक्षक प्राप्त गरी पठनपाठनमा खटिनुभएको छन् ।