सम्पर्क

राष्ट्रिय प्रजातान्त्रिक भुतपूर्व सौनीक संगठन, अध्यक्षमा ठकुरी

राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक भुतपूर्व सौनीक संगठन सिन्धुपाल्चोकको जिल्ला कार्य समिति गठन २१ सदस्सीय सदस्य साहित गरिएको छ ।
संगठनको अध्यक्षमा अध्यक्ष प्रेम बहादुर ठकुरी चयन भएका छन् । उपाध्यक्ष हरु खिल बहादुर चुहान , कृष्ण बहादुर गिरी , विमल सापकोटा त्यसैगरी सचिव हरु काजी बहादुर. थापा मगर, राम काजी बस्नेत, कोषाध्यक्षमा राम बहादुर खड्का चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यहरु मा अर्जुन खड्का, ज्ञान बहादुर थापा मगर, बाबु राम तामाङ , चित्र थापा मगर, नन्द बहादुर बस्नेत , टंक बहादुर गिरी, कृष्ण बहादुर . थापा, यम बहादुर अधिकारी, सोम बहादुर श्रेष्ठ , हरि सरण गिरी, राम बहादुर लामाङ, राम बहादुर थापा रहनु छन् । कार्यक्रका प्रमूख आतिथि प्रजातान्त्रिक भुतपूर्व सौनीक संगठनका केन्द्रिय अध्यक्ष प्रकाश जङ्ग कार्कीले कार्यक्रममा बोल्दै हामी लामो समयसम्म देश , माटो र जनताको सेवा गरेर आएका हौ । जनताको चाहाना बुझेका छौ । त्यसैले अहिलेको जनचाहाना अनुसार देशमा राप्रपाको खाचो छ । हामी भुपु सैनिकहरु देशको अस्मिता रक्षाको लागि प्राण त्याग्ने र शीरमा सगरमाथाको ताज पहिरने वीर नेपाली हौ र हामी सधै एक जुट हुनु पर्छ अनिमात्र देशले अग्रगामी निकास पाउछ । हामी गुटमा हैन जुटमा विश्वास गर्छौ भन्नुहुदै कार्यक्रममा बोल्नु भएको थियो । त्यसैगरी कार्यक्रमा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक भुतपूर्व सैनिक संगठनका सहअध्यक्ष डिनी थापाले हिन्दु राष्ट्रको कायम र पहिचान नै हाम्रो माग हो । समय अनुसार रुपान्तरित हुनु सीप क्षमताको विकास गर्दै नेपालीको एउटै मालामा गासिनु पर्छ । देश रहे मात्र हामी रहन्छौ । आहिले देश खतराको संघारमा छ । यस्तै स्थिति रहेमा आफ्नै अस्तित्वको लडाई लडनु पर्ने खतरा रहेको कुरा गर्नुभयो । यसैगरी राप्रपा क्षेत्र नं. २ का उपाध्यक्ष गंगाप्रसाद दुलालले देशमा महङ्गी र भ्रष्ट्रचार बढेको छ रातारात भाउ वृद्धि हुन्छ । हामी सव मौन छौ अव अन्याय अनि भ्रष्टचार को विरुद्ध को लडाई राप्रपाको अध्यक्षतामा हुनेछ । त्यसैगरी राप्रपा चौतारा सागाचोकगढी नगर कार्यपालिका अध्यक्ष सेर बाहादुर ठकुरीले लामो समय सम्म देश र जनतालाई सेवा गर्ने राष्ट्रसेवक कर्मचारीहरुले बुझेका हुन्छन जानेका हुन्छन र जनताको मनमा हुन्छन । हामी चुप लागेर नबसौ काधमा काध हातमा हात मिलाएर समाजको उत्थानमा लागि परौं बताउनुभयो यसैगरी कार्यक्रममा राप्रपा पार्टीका प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको राप्रपा जिल्ला कार्य समितिका कार्यालय सचिव ध्रुव कुमार थापाले जानकाुरी दिनुभयो भयो ।