सम्पर्क

ईन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

इन्द्रावती गाउँपालिकाकोे दोस्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्षको मध्य समयमा दोस्रो गाउँसभा बसेको हो । आर्थिक वर्ष २०७९।८० को ईन्द्रावती गाउँपालिकाका प्रस्तावित संशोधित बजेट अनुमान तथा कार्यक्रम सर्ब सम्मत रुपमा पास गर्दै सभा सम्पन्न भएको छ । विनियोजन विधेयक आउदो २५ गते छलफल गर्नका लागि टेबुल समेत गरिएको छ । गाउँसभा बाट ७९ करोड, ९१ लाख ३६ हजार बराबरको बजेट टेबुल गरिएको हो । गाउँपालिका उपाध्यक्षसोभाना तामाङले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रोत्साहन गर्न दुग्ध संकलन तथा प्रसोधन केन्द्र डेरीमा दुग्ध विक्रि गर्ने किसानलाई प्रतिलिटर रु २ अनुदान दिदै आएकोमा उक्त रकम सत् प्रतिशत वृद्धि गरि रु ४ रुपैयाँ उपलब्ध गराइने ब्यबस्था गरिएको , उत्कृष्ट कृषक विशेष अनुदान कार्यक्रम सञ्चालन गरिने , पालिका स्तरमा निर्मित रंगसालालाई इन्द्रावती रंगसालाको रुपमा नामाकरण गर्ने र उक्त रंगसालामा गाउँपालिका र क्षेत्रिय स्तरका सबै प्रतियोगिताहरु सञ्चालन गर्ने, कक्षा १ देखिनै अग्रेजि माध्यमबाट पठनपाठनको ब्यबस्था मिलाई सबै पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने निति तथा कार्यक्रममा उल्लेख छ ।ःबथ दभ बल ष्mबनभ या द्द उभयउभि बलम तभहत त्यस्तै अनिवार्य स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरि अति गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य बिमामा पहुँचको लागि गाउँपालिकाको तर्फबाट बिमागर्न बिमा सहयोग कोषको स्थापना गरिने उल्लेख गरिएको छ । सहकारीमा आधारित चक्लाबन्दि खेती प्रणालीलाई प्रोत्साह गरिने , गाउँपालिका स्तरीय खानेपानी उपभोक्ताहरुको सञ्जाल गठन गरिने , फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त स्थान छनौट गरी आवश्य कार्य अघि बढाइने , जनसहभागितामा आधारित सिंचाई कार्यक्रलाई निरन्तर सञ्चालन गर्ने ,घर भित्रको वायु प्रदुषण मुक्त गाउँपालिका घोषणा गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । साथै गाउँसभाकै अवसरमा गाउँपालका बाट सञ्चालित कक्षा ८को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ऐसेलुखर्क माध्यमिक विद्यालयका आशिष काफ्ले र महेन्द्र माध्यमिक विद्यालयका अप्सरा सुनारलाई सम्मान गरिएको हो । उनिहरुलाई नगद २५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।