सम्पर्क

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणाली ९साइरन

 

देवराज सुबेदी मेलम्ची

बाढीग्रस्त मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ ।मेलम्ची नगरपालिका वातावरण अधिकृत सुजन दुलालको अनुसार मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आ।व।मा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपदको जोखिमलाई कम गरि जनधनको क्षतिलाई कम गर्न सकिने छ।“

मेलम्ची नगरपालिकाले गत असारको महविनाशकारी बाढी पश्चात नगरपालिकाको लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ ९पूर्व चेतावनी प्रणाली साइरन प्रविधि जडान गरेको थियो ।