सम्पर्क

१४ नं डडुवामा योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा न १४ मा आगामि बर्ष को लागि कार्य योजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आगमि बर्ष कसरी बिकासका कार्यक्रम गर्ने भन्ने बिषयमा अन्तर क्रिया कार्यक्रम गरियको हो । सोमबार वडा कार्यलय डडुवामा भएको कार्यक्रममा राजनिती दलका नेताहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधी हरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला सचिब रामचन्द्र बस्नेतले वडाको बिकास का लागि सबै मिलेर अगाडि बढ्न पर्ने बताउनु भयो । उहाँले बिकास का कार्यक्रम गर्दा आयआर्जन मा पहिलो प्रथमिकतामा राखिदिन अनुरोध गर्नु भयो। वडाअध्यक्ष उद्वव नेपालको अध्यक्षतामा भयको थियो। कर्यक्रममा नेपाली काङ्गरेस का वडा सभापति बिनोद तामाङले बजेट मिलाउँदा स्थानिय रोजगार तथा आाय आार्जनमा केन्द्रित हुन पर्ने बताउँनु भयो। नेकपा माओबादिका तर्फ बाट बोल्दै पुर्ब वडा सदस्य समेत रहनु भयका भेष बहादुर खत्रीले बजेट ल्याउन र पार्न मात्र ठुलो कुरा होईन आयका बजेटलाई पारदर्सिता का साथ सहि सदुपयोग गर्न पर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकप्रिय सञ्चार समुहकम कार्यकारि प्रमुख नेत्र बहादुर बस्नेतले वडाका बजेट लाई आय आर्जन मा लगाउँदै ठुला बिकासका कार्यक्रममा प्रदेस तथा सङ्घीय सरकार बाट बजेट ल्याउन पहल गर्न पर्ने बताउँनु भयो।
कार्यक्रममा बोल्दै डडुवा भवानि शङ्कर माबिका प्रधानध्यापक बद्रि प्रसाद नेपालले शिक्षा ,स्वास्थय,कृषि,र सञ्चारमा सहयोग गरेर उत्पादनमुलक र स्थानिय स्तरमा रोजगारको बयबस्था गर्ने लाई अनुदान सहयोग गर्न पर्ने बताउनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका सचिब मोहन बहादुरबस्नेत शम्भुले वडामा रहेका खेती योग्य बाँझो जगगाको सदुपयोग गरेर उत्पादनमुलक काम गर्ने लाइ प्रोत्साहन गर्नु पर्ने बताउँनु भयो ।
यसै गरि नेकपा एमालेको प्रतिनिधि ज्ञानबहादुर तामाङ्ग ले बिध्यालय का शिक्षकले राजनिति गर्न नहुने बताउँनु हुँदै योजना छनौट गर्दा सबै मिलेर गर्न पर्ने बताउनु भयो। झमलादेविआधारभुत बिध्यालयका प्रधानध्यापक लालबहादुर श्रेष्ठले माग र आबश्यक का आधारमा कार्य क्रम बनाउन पर्ने बताउनु भयो। कार्यक्रममा आफ्नो भनाइ राख्दै सेतिदेवि आधारभुत बिद्व्धालय का प्र रिसिराम नेपालले देस सङ्घियतामा गई सके पछि वनेको स्थानिय सरकारले शिक्षा विना काम गर्न नसकिने भयकाले गुणस्तरि शिक्षा बिकास मा लाग्न पर्ने बताउनु भयो । कार्यक्रममा निर्बतमान अध्यक्ष शेर बहादुर श्रेष्ठले बिगतका अपुरा योजनाहरुलाइ समेत सम्बोधन गर्न पर्ने बताउँनु भयो ।१४ न वडाका वडा सचिब मो करिमुल हुसेन ले सञ्चालन गर्नु भयको कार्यक्रममा स्वागत मन्तव्य भने वडासदस्य मनिसा बिकले गर्नु भयको थियो। वडा अध्यक्ष उद्धव नेपालले कार्यक्रमलाई वडाको बिषयमा प्रकाश पार्दै वडा भित्रका सबैनागरिकलाई सम्बोधन हुने गरि बजेटको ब्यवस्थापन गर्ने बताउनु भयो। उँहाले सानातिना समस्या वडाबाट र ठुला समस्या नगर तथा प्रदेस र सघीय सरकारबाट सम्बोधन गरिने समेत बताउँनु भयो । उँहाले डडुवाकोबिकासका लागी सबैको सल्लाह सुझाबका आधारमा आफुले काम गर्ने बताउँनु भयो ।