सञ्जिव तामाङ (स्याङ्बो) नवलपुर
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकामा श्री अभयन्द शिक्षा क्याम्पसद्वारा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ईन्द्रावती गाउँपालिका नवनिर्वाचित
जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएको छ । ईन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष र १२ वटा वडाका वडा अध्यक्षहरुलाई बिहिबार अभयन्द शिक्षा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचित अध्यक्ष झम्क नेपालले शिक्षाबाट मात्र समाज परिवर्तन गर्न सकिने बताउदै गुणस्तरीय शिक्षा अबको प्राथमिकता भएको बताउनुभयो । उँहाले साझेदरी मार्फत शैक्षिक समुन्नतिका लागि गाउँपालिका सधैं तत्पर रहने त्यसका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा उपाध्यक्ष सोभाना तामाङले शैक्षिक क्षेत्रको विकास बिना कुनै पनि क्षेत्रको बिकास निष्कर्षबिहीन र अधुरो हुने बताउँनु भयो । उक्त कार्यक्रममा शिक्षक विद्यार्थि तथा जन प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
