सम्पर्क

बाह्रबिसेको ११ औ नगर सभा सम्पन्न +२ सम्म निःशुल्क

सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाको ११ औ नगर सभा + २ सम्म निशुल्क शिक्षा सशीत बिभिन्न जनमुखी कार्यक्रमलाई अनुमोदन गर्दै सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गर्नू भएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतले शिक्षाको बिकास भए मात्र मानवीय बिकास हुने बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा एस.एल.सी. परिक्षा दिने सेण्टर समेत नहँुदा सिन्धुपाल्चोक जिल्लाले सेण्टर पाँईदा समेत एसएलसी पास गराउँन नसकेको सिन्धुपाल्चोकको शिक्षाको विकासका लागी आफ्नो नेतृत्वमा सिन्धुबासीलाई निःशुल्क कोचिङ पढाएर एस.एल.सी.मा उर्तिण गराउँन सफल समेत बताउँनु भयो । उँहाले शिक्षालाई बिशेष प्राथमिकतामा राखेर बाह्र्रबिसे नगरपालीकाले + र्२ सम्म निशुल्क पढाउँने योजनाप्रती नगरलाइ बिशेष धन्यवाद दिदै शिक्षा,स्वास्थ्य,खानेपानी क्षेत्रमा गरेको लगानीले बाह्रबिसेबासी मात्र नभई सबै जिल्लाबासी खुशी भएको बताउँनु भयो । नगरसभमा प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले नेपाली काँग्रेसले जितेका हरेक पालिकाहरुले जनतालाई दुख पर्ने दुखहुने खालका कुनै पनी काम नगर्न निर्देशन दिदंै दुख परेका बेला साथ दिने नेता मात्र वास्तविक जननेता हुने बस्नेतले बताउँनु भयो। उँहाले सिन्धुपाल्चोक जिल्लालाइ आलुपकेट जिल्लाको रुपमा विकास गर्न प्रयास भएको र त्यसका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले हरेक साना तिना विकासका कार्यक्रम नगर र वडाबाट गर्ने ठुला ठुला योजनाहरु आफुले केन्द्रीय सरकारबाट पारिदिने बताउँनु भयो । कार्य

क्रममा बोल्दै जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले बाह्रबिसे नगरपालीकाले गरेका हरेक कामहरु नमुनाको रुपमा देखीनेगरिकामगरेकोमा बिशेष धन्यबाद दिनु भयो । उँहाले बाह्र्बिसे नगरपालीकाले गरेका कामहरु हरेकमा आकर्षण हुने पनी बताउँनु भयो। अरनिको क्याम्पस प्रमुख यम बहादुर बस्नेतले नगरपालिका बाट+ २  सम्म निशुलक शिक्षा लगाएत जनमुखी कार्यक्रम ल्याएकोमा धन्यबाद दिनु भयो । कार्यक्रममा ६२७४८३०००। बैसठी करोडचौहत्तर लाख त्रियासी हजार को बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मन्जु तामाङले कक्षा १२ सम्म निःशुल्क शिक्षा र कक्षा ८ सम्मका बिध्यार्थीहरुलाई दिवा–खाजाको व्यवस्था गर्ने नगरका ८० प्रतिशत भन्दा बढि जनसंख्याले हरेक वर्ष खेप्दै आएको कृषिजन्य समस्यालाई मध्यनजर गर्दै कृषकले भोग्दै आएको मल, बिउ, शित भण्डार, तथा बालि–नालिको सुरक्षालाई ब्यबस्थित बनाइने स्वास्थ्य क्षेत्रमा नगर भरीको दिर्घरोगीहरुलाई निशुल्क औषधी जस्ता महत्व पुर्ण कायक्रमलाई प्रथमिकतामा राखेको बताउँनु भयो । प्रमुख प्रशासकिय अधिकृत अमर प्रसाद भट्टले सञ्चालन गर्नु भएको कार्यक्रममा आ.ब. २०७९।८० बजेट ,निती तथा कार्यक्रम सर्बसम्मत पारित गरिएको थियो । नगरपालिकाको ११ औं नगरसभामा प्रस्तुत निति तथा कार्यक्रमको सभापतित्व समेत गरिरहनु भएका नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्रका सबै विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई निशुल्क शिक्षा पाउने अधिकार सुनिश्चित गर्न यस्तो निति लिइएको बताउँदै नगरपालिकाले कक्षा ५ सम्मका बालबालिकाहरुको लागि उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रम समेत कक्षा ८ सम्म विस्तार गर्ने बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसकादिपक बिक्रम थापा नेकपा माओबादीका कपिल पाख्रीन लगायत बिभिन्न गैर सरकारी संघ संस्थाहरका प्रतिनिधीले बाह्रबिसे नगरपालीकाको यस बर्षको निती तथा कार्यक्रम र बजेट जनमुखी भएकोमा खुशी लागेको बताउँदै आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।