सम्पर्क

बादरबाट किसान हैरान

सञ्जिव तामाङ (स्याङ्बो)
बादरले खेती बाली नस्ट पारे सङ्गै ईन्द्रावती गाउँपालिकाका किसानहरु समस्यामा परेका छन् । बालिमा आएको बादर धपाउने कुनै उपाय नभए पछि उनिहरु दिन रात खेतमा बादर कुरेर बस्नु परेको बताउछ्न् । किसानहरुको बाँस हिजो आज खेतबारिमै हुने गरेको छ । बारिमा आउने बादर र स्याल धपाउदैमा उनिहरुलाई फुर्सद छैन । भर्खर फल्न थालेको बारीको मकै बादरले स्वाह पार्न थालेपछि किसानहरु चिन्तित भएका हुन् । रासायनिक मलको अभावको कारण सप्रन नपाएका र बल्ल बल्ल प्राङ्गरिक मलको भरमा फल्न थालेको मकै बादरले खाएर स्वाह भएको वडा नं ४ का किसान सुर्य तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”बाँदर समस्या न्यूनीकरणका लागि ठोस पहलको खाँचो रहेको स्थानीयको गुनासो छ ।