सम्पर्क

नगर प्रमुख बस्नेत द्धारा बहिरा भवन उद्घाटन

 

सिन्धु बहिरा आधारभूत बिद्यालयलाइ नगरका तर्फबाट भौतिक, शैक्षिक सहयोग गर्ने नेपाली काँग्रेस १ नं क्षेत्रीय सभापती समेत रहनु भएकाबाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लामा बहीराहरुको लागी अध्ययन गर्नका लागी बिद्यालय नै सञ्चालन गरेर बाह्रबिसे नगरपालिकामा उदाहरणीय काम गरेकोमा ब्यवस्थापन समितीलाइ धन्यबाद दिनु भयो । नगर प्रमुख बालकृष्ण बस्नेतले सिन्धु बहिरा आधारभूत बिद्यालयको नव–निर्मित तीन कोठे भवनको उद्घाटन गर्नु हुँदै यस्तो बताउँनु भएको हो ।उँहाले बिद्यालय संरक्षणका लागि बिद्यालय मुनी भोटेकोशी नदी नियन्त्रणका लागि प्रदेश सरकारबाट १० लाख बिनियोजन गरेको र अपुग बजेट पनि उपलब्ध गराउने पनि उहाँले बताउनु भयो सो अबशरमानगर प्रमुख बस्नेतले बहिरा बिद्यार्थी रोशन श्रेष्ठलाई सोही कार्यक्रमा उत्कृष्ट चित्रकला बनाएबापत ब्यक्तिगत रुपमा नगद १० हजार पुरस्कृत समेत गर्नु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख मञ्जु तामाङले सो बिद्यालयको बिकासमा सक्ने सहयोग गर्ने बताउनु भयो । त्यस्तै बाह्रबिसे नगरपालिका–२ का वडा अध्यक्ष रेशम बहादुर तामाङले बहिरा बिद्यालयको शैक्षिक गतिबिधिमा वडाबाट सहयोग गर्ने बताउनु भयो ।नेपाल कै पहिलो बहिरा बिद्यालयको रूपमा स्वीकृत प्राप्त गरी बहिरा बिद्यालय संचालनमा ल्याइएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिनु भयो । सो बिद्यालयकी प्रधानध्यापक मैना कार्की बिद्यालय भोटेकोशी नदी कटानले जोखिममा पर्न थालेकोले बिद्यालयको संरक्षणमा लागिदिन बाह्रबिसे नगरपालिकालाई आग्रह गर्नु भएको थियो । उक्त बिद्यालयमा सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ओखलढुंगा, नेपालगञ्ज लगायतका आधा दर्जन जिल्लाका ३० जना बहिरा बिद्यार्थी अध्ययन् गर्दै आएका छन् । २०४६ सालमा स्थापना भएको सो बिद्यालयमा कक्षा १ देखि ८ सम्म संचालनमा छ । उक्त बिद्यालयमा नेपाल सरकारले तयार गरेको पाठ्यक्रम अनुरुप सांकेतिक भाषामा अध्ययन् गरिन्छ । बाह्रबिसे नगरपालिकावडा नं ९ मा रहेको बिद्यालयको तीन कोठे भवन बाह्रबिसे नगरपालिकाको १० लाख अनुदान र सोही बिद्यालयको तीन लाख ७४ हजार थरि जम्मा १३७४०००। लागतमा नयाँ भवन निमार्ण भएको थियो ।