सम्पर्क

ब्रेकिङ न्युज २

मेलम्ची बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा सांसदको आपत्ति

ब्रेकिङ न्युज २, समाचार
सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त पुल नबन्दा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काममा प्रभाव पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले डेढ वर्षअघिको बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा अवरोध भए सिन्धुपाल्चोकको याङ्री र लार्के खोलाबाट पानी ल्याउने प्रक्रियामा अवरोध पुग्ने बताउनुभयो । मेलम्ची नदीमा पाँचवटा पालिकालाई हुने गरी राख्न लागिएको बेलिब्रिजको टेण्डरलाई पार्टी विशेषले धम्क्याएर रोकिएकामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । आत्मदाह गरेका प्रेम आचार्यले लेखेको पत्रका विषयमा छानबिन हुनुपर्ने र मलखादको समस्या समाधान हुनुपर्ने सांसद बस्नेतले माग गर्नुभयो । नेकपा ९एमाले०क...

चौतारा साँगाचोकगढी नगरपालिका – १२ नमुना बन्दै

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१२ ले नमुना काम गरेर चर्चा बटुल्न थालेको छ । स्थानीय सरकारले लक्षीत बर्गाका लागी छुट्याइएको बजेट बाट कार्यक्रम गर्ने नाममा प्रायजसो स्थानिय तहले चिया, बिस्कुट, खाजा खुवाएर भेला गरेर सक्ने गरेको पाईएपनि यस वडाले भने लक्षीत बर्गलाई प्रत्यक्ष सहयोग र सेवा पुग्ने काम गरिरहेको छ । आर्थिक वर्ष ०७९÷०८० मा वडा अध्यक्ष दिपेन्द्र नेपालले वडा भित्रका जेष्ठ नागरिकलाई सामाजीक सुरक्षा बापत पाँउने भत्ता लिनका लागी चौतारा जान आउँन समेत असहज भएको भन्दै बस नै रिजर्भ गरेर सामाजिक भत्ताका लिन सहज बातावरणकोे सिर्जना गरिदिनुभएको छ । वडा कार्यलयले करिब १ सय ६० जना जेष्ठ नागरिकको लागि न्यानो कपडा बितरण समेत गरेको छ । यसका साथै वडा भित्र कुनै पनी नागरिकको निधन हुँदा शव व्यवस्थापनका लागी तत्काल रु तिन हजार रुपैयाँ शववहान भाडा समेतको व्यवस्था गरेको कार्यपाल...

आज शहीद दिवस मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त म...

छोरी जन्माउनेलाई नगद सहित सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
छोरी जन्माउनेलाई बलेफीको सम्मान सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम संचालन गरेको छ । बलेफी गाँउपलिकाका प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटाले २०७९÷०८० को बार्षिक स्विकृत छोरी सम्मान कार्यक्रम मार्फत छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरूप गाउँपालिकाले तिन हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको ले यस कार्याक्रममा सहभागी हुन हरेक आमाहरुलइ अनुरोध गरिएको छ । विभेदीकरणको अन्त्य गर्दै समुन्नत समाजको निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएकोे जानकारी दिदै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहन स्वरूप तिन हजार नगद सहित सम्मान गरिन लागेको बताउँनु भयो । छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गंगा बह...

स्कुल ब्याग वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ९ ज्यामिरेमा रहेको सातकन्या माध्यमिक विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । कागेश्वरी मनोहरामा अवस्थित मादे अङ्ग्रेजी बिद्यालयका सँस्थापक तथा प्रधानाध्यापक सन्तु खड्कामार्फत प्राप्त ३६ जना बिध्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो । झोला पाएपछि कपी किताव बाटोमै हराउने, पानी र पसीनाले च्यातिने समस्या समाधान भएको भन्दै सहयोगका लागि खड्कालाई धन्यवाद सहित आगामी कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभएको थियो ।...

वातावरण र महिला आत्म निर्भर सम्बन्धी छलफल

ब्रेकिङ न्युज २, समाचार
आदिवासी जनजाति महिला उत्थान केन्द्र साझेदारी टेवा संस्थाको आर्थिक सहयोगमा महिला र वातावरण बहुवर्षिय कार्यक्रम अन्र्तगत महिलाहरुको क्षमता अभिवृद्घिका लागि आय आर्जन तथा आत्मनिर्भर सम्बन्धी महिलाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. १ यार्सा र छापाली समुहका महिलाहरुसँग आय आर्जन वृद्घि तथा आत्मनिर्भरका लागि ट्रनेल प्लाष्टिक सहित तरकारी खेति गर्न आवश्यक सामग्री वितरण गरिएको छ । महिलाहरु सशक्तिकरण हुनका लागि महिला स्वयम् परनिर्भर होईन आत्मनिर्भर हुनुपर्छ भन्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङले बताउनुभयो । विषादी प्रयोग नगरी वातावरण र स्वास्थ्यलाई ध्यानमा राखी अर्गानिक खेती गर्न जोड दिएको छ ।...

सामुदायिक स्वास्थ्य इकाईको सुरुवात

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले वडाका विभिन्न बस्तीहरुमा स्वास्थ्य संस्थाका पहुँच बाहिर रहेका स्थानीयलाई लक्षीत गरेर सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ । वडा तहमा रहेका स्वास्थ्य चौकीहरु सम्म पुग्न नसक्ने स्थानीयका लागि केन्द्रीय सरकारले नै सामुदायिक स्वास्थ्य सेवाको अवधारणा ल्याएको थियो । स्थानीय सरकारले आफ्नै स्रोत परिचालन गरेर त्यस्ता सामुदायिक स्वास्थ्य इकाइहरु सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार सुनकोशी गाउँपालिकामा हालसम्म चार स्थानमा यस्ता सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गोविन्द हायुले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकाको वडा नम्बर–१ म दुइ,३ मा एक,५ मा एक र ७ नम्बर वडामा एउटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेको स्वास्थ्य शाखाका प्रमुख हायुले जानकारी दिनुभयो । सामुदायिक स्वास...

मेलम्चीमा शिक्षकहरुका लागि डिजिटल शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागि विभिन्न मोबाइल एप्लिकेशनहरुको प्रयोग गरी डिजिटल शैक्षिक सामग्री निर्माण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । मेलम्ची नगरपालिका शिक्षा शाखाको सहयोगमा प्रबिधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकद्धारा उक्त कार्यशाला सम्पन्न भएको हो । प्रबिधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले कार्यशालामा केही Google Tools सहित Kine Master, Film Maker, Add Text, XRecorder, Benime जस्ता मोबाइल एप्लिकेशनहरुमार्फत कक्षाकोठामा प्रयोग गर्न सकिने शैक्षिक सामग्री बनाउने अभ्यासका लागि सहजीकरण गरिएको थियो । कार्यशालामा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमाट एक एक जना आधारभुत तहका शिक्षकहरुको सहभागित रहेको थियो । प्रबिधिमा एक दिनको सिकाइ पूर्ण होइन यो त सामान्य अभिमुखिकरण हो । यसलाई ...

पशु फर्ममा आगलागी हुदा ५० लाख बढीको क्षती गाउँपालिकाले तत्काल ५ लाख सहयोग गर्ने

ब्रेकिङ न्युज २, समाचार
दिनेश थापा सुनकोशी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्ममा आगलागी हुदा ५० लाख बढीको क्षती भएको छ । फर्ममा १२० बाख्रा रहेका थिए । आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोशी २ का वडाध्यक्ष पुर्णबहादुर महतले जानकारी दिनुभयो । बुधबार बिहान करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने वडाध्यक्ष महतले जानकारी दिनुभयो । आगलागीबाट फर्मको सम्पुर्ण भौतीक संरचना समेत जलेर नष्ट भएको छ । बाख्राका लागि आवश्यक दान लगायत अन्य सामग्रीहरु समेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिनुभयो । स्थानीयको सक्रियतामा आगोलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले २ करोड बढी लगानीमा कृषि तथा पशु फार्म सञ्चालनको सुरुवात गरेका थिए । विदेशबाट फर्कीएका एक जना आफन्त सहित मिलेर सञ्चालन गरेको फर्मबाट केही समय पछि नै उत्पादन सुरुवातको चरणमा भएपनि आगालागीबाट सबै क्षती भएको केसीले बताउनुभयो । गाउँपा...

डडुवामा सर्बदलिय बैठक विना काम नहुने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –१४ डडुवामा सर्बदलिय सन्यन्त्र निर्माण भएको छ । उक्त सन्यन्त्रले वडामा हुने बिकासका हरेक कार्यक्रमको निगरानि गर्ने छ भने योजना माग गर्दा वा भुक्तानि दिदा सन्यन्त्रको सिफारिस बमोजिम वडा समितिले भुक्तानिका लागि पहल गर्ने भएको छ । वडा अध्यक्ष उद्वव नेपालको अध्यक्षतामा भएको सर्बदलिय बैठकले उक्त निर्णय गरेको हो । सर्वदलिय बैठकमा हर्रे डडुवा मोटरबाटो स्तर उन्नति को २५ लाख रुपैयाको काम गर्न बनेको उपभोक्ता समितले माघ १० गते सम्म सम्झौता नगरेको भए समिति पुनर्गठन गर्ने र गरेको भए काम गर्न लगाउने तर उपभोक्ता समितिको कामको अनुगमन सयन्त्रले गर्ने भएको छ । यसैगरि आङ्गे सार्किगाउ सडक स्तरउन्नतीको लागी यस्मिन ढुङ्गानाको पहलमा हालिएको तीस लाख भने उपभोक्ता समितिलाई नदिई ठेक्का दिएको छ । यसतर्फ खर्कको डाँडा देखी सार्की गाउँसम्मको बाटोको बजेट २ ठाँबाट परेकोले उपभ...