सम्पर्क

वातावरण र महिला आत्म निर्भर सम्बन्धी छलफल

आदिवासी जनजाति महिला उत्थान केन्द्र साझेदारी टेवा संस्थाको आर्थिक सहयोगमा महिला र वातावरण बहुवर्षिय कार्यक्रम अन्र्तगत महिलाहरुको क्षमता अभिवृद्घिका लागि आय आर्जन तथा आत्मनिर्भर सम्बन्धी महिलाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. १ यार्सा र छापाली समुहका महिलाहरुसँग आय आर्जन वृद्घि तथा आत्मनिर्भरका लागि ट्रनेल प्लाष्टिक सहित तरकारी खेति गर्न आवश्यक सामग्री वितरण गरिएको छ । महिलाहरु सशक्तिकरण हुनका लागि महिला स्वयम् परनिर्भर होईन आत्मनिर्भर हुनुपर्छ भन्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना गरिएको आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङले बताउनुभयो । विषादी प्रयोग नगरी वातावरण र स्वास्थ्यलाई ध्यानमा राखी अर्गानिक खेती गर्न जोड दिएको छ ।