मेलम्ची नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागि विभिन्न मोबाइल एप्लिकेशनहरुको प्रयोग गरी डिजिटल शैक्षिक सामग्री निर्माण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । मेलम्ची नगरपालिका शिक्षा शाखाको सहयोगमा प्रबिधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकद्धारा उक्त कार्यशाला सम्पन्न भएको हो ।
प्रबिधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले कार्यशालामा केही Google Tools सहित Kine Master, Film Maker, Add Text, XRecorder, Benime जस्ता मोबाइल एप्लिकेशनहरुमार्फत कक्षाकोठामा प्रयोग गर्न सकिने शैक्षिक सामग्री बनाउने अभ्यासका लागि सहजीकरण गरिएको थियो । कार्यशालामा नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमाट एक एक जना आधारभुत तहका शिक्षकहरुको सहभागित रहेको थियो ।
प्रबिधिमा एक दिनको सिकाइ पूर्ण होइन यो त सामान्य अभिमुखिकरण हो । यसलाई जति अभ्यास गर्दै गयो उति खारिँदै जाने हो । बिना अभ्यास प्रबिधिको आधारभुत सिकाइ अर्थ हुन्न । एप्लिकेशनको बारेमा आधारभुत जानकारी सहित प्रयोग गर्ने तरिकाको बारेमा उहाँहरुले थप खोजी गरि त्यसबाट कसरी उत्कृष्ट सामग्री तयार, विकास गर्ने भन्ने कुरा उहाँहरुको लगाव र सिर्जनशीलतामा पनि भर पर्दछ । विद्यालयमा उहाँहरुमार्फत प्राप्त गर्नुभएको सीपलाई सबै शिक्षकसम्म पर्याउन सके थप उपलब्धी हुन सक्छ भन्ने अपेक्षा रहेको उल्लेख गर्दै समय अनुसार नयाँ नयाँ सीप र प्रबिधिप्रति शिक्षकहरुलाई आकर्षित गराउँदै सिक्ने र सिकाउने अभियान निरन्तर जारी राख्ने संस्थाको उद्देश्य रहेको प्रबिधिमैत्री शिक्षक समाज नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो ।
