सम्पर्क

आफु भन्दा ठुलो उमेरको लौरो कम उमेरको भ¥याङ बन्नेः बस्नेत

आफू भन्दा बढि उमेरका लागि लौरो र कम उमेरका लागि भ¥याङ बनेर नागरिकलाई सहयोग गर्ने मात्र वास्तविक समाज सेवा हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्रि माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० द्वारा आयोजित न्यानो कपडा बितरण तथा घरघरमा सामिजिक सुरक्षा भत्ता बितरण घुम्ति सेवाको शुभारम्भ गर्दै यस्तो बताउँनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका १० का वडाध्यक्ष निल बहादुर तामाङ्ग( सुमन वाईवा) ले आफुले पाउँने भत्ताबाट जेष्ठ नागिरकलाई न्याने कपडाको व्यवस्था गरेकोमा वडाअध्यक्ष तामाङ्गलाई विशेष धन्यबाद दिदै बस्नेतले यस्ता समाजका लागि ,आफ्नो परिश्रम बाट न्यानो कपडा दिने,ओैषधि दिने, घोषणा गरे पनि पदमा पुगे पछि बिर्षने गरेको उदाहरण दिदै १० न वडाका अध्यक्ष सुमनले आफनो प्रतिबद्दता ईमान्दारिताका साथ पूरा गरेकोमा विशेष धन्यबाद दिनुभयो । कार्यक्रममा नगर पालिकाको उपप्रमुख सीता थापाले चौतारा साँगाचोकगढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरणमा अझ बढी व्यबस्थापन गरेर जेष्ठ नागिरक , असाय, हरुको हातहातमा सुरक्षा भत्ता दिने योजना अनुरुप घुम्ति सेवा सञ्चालन गरेको बताउँदै वडा न १० का अध्यक्षले आफुले पाउने भत्ताबाट जाडोम न्यानो कपडा दिएकोमा विशेष धन्यबाद दिनु भयो । कार्यक्रमका सभापति वडा अध्यक्ष सुमनले आफुले निर्वाचन ताका बोलेका कुराहरु मध्य यो पनि एउटा रहेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिईने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर सीता थापाले नागरिकलाई सहज बनाउन नगरपालिकाले टोलटोलमा पुगेर भत्ता वितरण गरेको बताउनुभयो । सिन्धु विकास बैंकका कर्मचारी, स्वास्थ्यकर्मी र वडा कर्मचारी सहित आज प्रत्येक टोलमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष निरबहादुर तामाङले जानकारी दिनु भयो । टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालेपछि जेष्ठ नागरीक , अपाङ्ग असाहय तथा एकल महिला खुशी भएका छन् ।