निर्मल बस्नेत
जुगल गाउपालिकाले जनयुद्ध , जनआन्दोलनका क्रममा राज्य तथा बिद्रोही पक्षबाट मारिएका शहीद , बेपत्ता र घाइते तथा अपांगता भएका साथै अति बित्पन्न परिवारको ३० जनाको १० बर्षे जीवन बिमा गरेको छ ।
२०७९ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि निर्वाचित भएलगत्तै गाउपालिका अध्यक्ष रेशम स्याङ्वोले शहीद परिवारको जीवन बिमा गाउँपालिकाले गर्ने प्रतिबद्धता गरेका थिए । अध्यक्ष स्याङ्वोले उक्त प्रतिबद्धता पुरा गर्नुभएको छ । रिलायवल नेपाल लाईफ इन्स्योरेन्सद्दारा जारी बिमालेख सम्वन्धित बिमितहरुलाई गाउपालिका अध्यक्ष रेशम स्याङ्वोले हस्तान्तरण गर्नुभएको हो ।
पालिकाले छुट्टयाइएको ५ लाख रकमवाट १० बर्षे आवधिक जीवन बिमा गरेको हो । यो पहिलो बर्षको हो १० बर्षसम्म पालिकाले ५ ÷ ५ लाख किस्ता बन्दीमा बिमाशुल्क भुक्तानी गर्नेछ । गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले बताए अनुसार यो पहिलो चरणको हो र आगामी बर्षहरुमा पनि आवश्यकता पहिचान गरि निरन्तर अघि बढाउने योजना रहेको छ ।
उक्त बिमालेख हस्तान्तरण कार्यक्रममा रिलायवल नेपाल लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजकुमार गिरी, चौतारा शाखा प्रबन्ध लक्ष्मण बिष्ट र पत्रकारहरुको सहभागिता रहेको थियोे ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यसभन्दा अघि पनि चौतारा साँगाचोकगढी नगरपालिकाको कर्मचारीहरुको सामुहिक जीवन बिमा गरिसकेको चौतारा शाखाका प्रवन्धक लक्ष्मण बिष्टले जानकारी दिनुभयो ।