सम्पर्क

खेलको बिकास हुनु नै स्वास्थ्य बिकास हुनु हो ःबस्नेत

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले खेलको बिकास हुनु नै स्वास्थ्यको बिकास हुनु हो भन्नु भएको छ । जैसिदेवल युवा क्लबले आयोजना गर्न लागेको तेस्रो मेयरकप जुनियर तेक्वान्दो प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई नगरपालिकाबाट ट्रयाकसुट सहित बिदाइ गर्दै यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिस्पर्धामा सहभागीको टोलिलाइ नगरप्रमुख बस्नेतले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको थियो । सो अवशरमा सिन्धुपाल्चोकको नाम जसरी प्रेम गुरुले तेक्वान्दो खेलबाट राख्नु भएको छ । त्यसैगरी तपाइँहरुले पनि आज बाह्रबिसे नगरपालिकाको नाम राख्दै भोलि देशको नै नाम राख्नको लागि बस्नेतले शुभकामना दिनुभयो । उहाँले प्रतियोगितामा प्रथम पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई बाह्रबिसे नगरपालिका र ब्यक्तिगत तर्फबाट सम्मान सहित उचित पुरस्कार दिने घोषणा समेत गर्नुभयो । नगरपालिकाका , कार्यकारी प्रमुख चुरामणी पन्थी, ,तेक्वान्दो जिल्ला अध्यक्ष तथा तेक्वान्दो खेलका जन्मदाता प्रेमबहादुर भण्डारी ,उपाध्यक्ष गङा तामाङ ,ससचिब कुमार बस्नेत ,टिम कोच ,माधब बिश्वकर्मा,सागर सेन्चुरी,रमेश गुरुङ सन्देश खड्का, भिम थामी लगायतको उपस्थितिमा नगर प्रमुख बस्नेतले श्री पञ्चमीका दिन बुधबार नगरपालिकाको नाम अंकित ट्रयाकसुट सहित बिदाई गर्नूभएको हो ।
सो अबसरमा ,जिल्ला अध्यक्ष प्रेमबहादुर भण्डारीले खेल खेल्नका लागी अबसर र प्रोत्साहनको पनी खाँचो हुन्छ त्यो खाँचो पुरा गर्नमा बाह्रबिसे नगरपालिका पनी लागी परेकोमा नगर प्रमुख को खुलेरै प्रशंसा गर्दै हिजोको दिनमा आफुले जिल्ला र देशलाई चिनाउन जति दुख थियो अहिले आफ्नो खेलाडी चेला चेलिलाई त्यो अवस्था नभएको र आफुले सकेको जिल्ला र देशलाई चिनाउन अझै लागि पर्ने बताउनु भयो ।