सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका स्थित सेतीकादेवी माध्यमिक विद्यालयको ६२औं बार्षिक उत्सव वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षीकउत्सव कार्यक्रमको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले दीप प्रज्वलन गरेर शुभारम्भ गर्नु भएको थियो । नगरपालिकाको वडा न.ं१ झांग्रीगाउँको शान्त एवम् प्राकृतिक हराभाराको काखमा अवस्थित श्री सेतीकादेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहको उद्धघाटन गर्दै नगर प्रमुख तामाङले शिक्षा सिकाई उपलब्धीमुलक भए मात्र नगरको बिकासमा सहज हुने भएकाले शिक्षा सिकाईमा सबैको ध्यान जान पर्ने बताउँनु भयो । विद्यार्थिको मनोरञ्जनात्मक झाँकी सहित सम्पन्न भएको बार्षीकोत्सवमा वडाध्यक्ष कृष्ण मुरारी चौंलागाई, र व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयको सर्वोत्कृष्ट अङ्क ल्याई प्रथम हुने छात्रछात्रालाई सम्मानपत्र प्रदान गरिएको थियो ।