सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिका – १२ नमुना बन्दै

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१२ ले नमुना काम गरेर चर्चा बटुल्न थालेको छ ।
स्थानीय सरकारले लक्षीत बर्गाका लागी छुट्याइएको बजेट बाट कार्यक्रम गर्ने नाममा प्रायजसो स्थानिय तहले चिया, बिस्कुट, खाजा खुवाएर भेला गरेर सक्ने गरेको पाईएपनि यस वडाले भने लक्षीत बर्गलाई प्रत्यक्ष सहयोग र सेवा पुग्ने काम गरिरहेको छ । आर्थिक वर्ष ०७९÷०८० मा वडा अध्यक्ष दिपेन्द्र नेपालले वडा भित्रका जेष्ठ नागरिकलाई सामाजीक सुरक्षा बापत पाँउने भत्ता लिनका लागी चौतारा जान आउँन समेत असहज भएको भन्दै बस नै रिजर्भ गरेर सामाजिक भत्ताका लिन सहज बातावरणकोे सिर्जना गरिदिनुभएको छ । वडा कार्यलयले करिब १ सय ६० जना जेष्ठ नागरिकको लागि न्यानो कपडा बितरण समेत गरेको छ । यसका साथै वडा भित्र कुनै पनी नागरिकको निधन हुँदा शव व्यवस्थापनका लागी तत्काल रु तिन हजार रुपैयाँ शववहान भाडा समेतको व्यवस्था गरेको कार्यपालिका सदस्य सिता पौडेलले जानकारी दिनुभयो ।