सम्पर्क

डडुवामा सर्बदलिय बैठक विना काम नहुने

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका –१४ डडुवामा सर्बदलिय सन्यन्त्र निर्माण भएको छ ।
उक्त सन्यन्त्रले वडामा हुने बिकासका हरेक कार्यक्रमको निगरानि गर्ने छ भने योजना माग गर्दा वा भुक्तानि दिदा सन्यन्त्रको सिफारिस बमोजिम वडा समितिले भुक्तानिका लागि पहल गर्ने भएको छ । वडा अध्यक्ष उद्वव नेपालको अध्यक्षतामा भएको सर्बदलिय बैठकले उक्त निर्णय गरेको हो । सर्वदलिय बैठकमा हर्रे डडुवा मोटरबाटो स्तर उन्नति को २५ लाख रुपैयाको काम गर्न बनेको उपभोक्ता समितले माघ १० गते सम्म सम्झौता नगरेको भए समिति पुनर्गठन गर्ने र गरेको भए काम गर्न लगाउने तर उपभोक्ता समितिको कामको अनुगमन सयन्त्रले गर्ने भएको छ ।
यसैगरि आङ्गे सार्किगाउ सडक स्तरउन्नतीको लागी यस्मिन ढुङ्गानाको पहलमा हालिएको तीस लाख भने उपभोक्ता समितिलाई नदिई ठेक्का दिएको छ । यसतर्फ खर्कको डाँडा देखी सार्की गाउँसम्मको बाटोको बजेट २ ठाँबाट परेकोले उपभोक्ता समिति र ठेकदार बिचका कामहरु पारदर्सी नहुने देखिन्छ ।
यसैका लागि सर्वदलिय समितिको सन्यन्त्र बनेको भनिएता पनी जिल्ला पुर्बाधार कार्यालय सिन्धुपाल्चोकले कुनै योजना कसैलाई जानकारीनै नदिई ठेक्कामा लगाउँनु, कुनै योजनामा अनुकुलका मानिस राखेर उपभोक्ता समिती बनाउँनुमा शँकाको दृष्टोकोणले हेरिएको छ ।
जिल्ला पुर्बाधार कार्यालयका प्रमुख राजु श्रेष्ठले आङ्गे, सार्कीगाउँको योजना उपभोक्ता समितिलाई दिने बताएको भएपनि कार्यालयले भने स्थनियलाई बिना जानकारी ठेक्कामा दिने निर्णय गरेको छ ।
यसअघी नेकपा माओबादी केन्द्र वडा ईकाई डडुवाले वडामा भएको अनिएमितता रोक्न ध्यानकर्षण पत्र समेत दर्ता गराएको थियो ।
वडा कमिटिको अध्यक्ष मनिल कुमार तामाङले हस्ताक्षर गरेको पत्रमा हर्रे डडुवा सडक स्तरउन्नतिको उपभोक्ता समिति गठन प्रक्रिया गलत भएको जनाउँदै अनियमितता हुन नदिन आफ्नो पार्टि सँधै लागिपर्ने बताईएको छ ।