सम्पर्क

छोरी जन्माउनेलाई नगद सहित सम्मान

छोरी जन्माउनेलाई बलेफीको सम्मान
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम संचालन गरेको छ । बलेफी गाँउपलिकाका प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटाले २०७९÷०८० को बार्षिक स्विकृत छोरी सम्मान कार्यक्रम मार्फत छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरूप गाउँपालिकाले तिन हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको ले यस कार्याक्रममा सहभागी हुन हरेक आमाहरुलइ अनुरोध गरिएको छ । विभेदीकरणको अन्त्य गर्दै समुन्नत समाजको निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएकोे जानकारी दिदै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहन स्वरूप तिन हजार नगद सहित सम्मान गरिन लागेको बताउँनु भयो । छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले बताउनुभयो । अध्यक्ष तामाङले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । गाँउपालिका उपाध्यक्ष तथा न्यायकि समितीका संयोजक सरु लामाले छोरी जन्माउँने आमाहरुलाई सम्मान स्वरुप गरिएको यो कार्यक्रमले प्रभावकारिता हुने तर हामीले आमाहरुलाई गरिएको सम्मान अझै पनी कमी भएको यो सुरुवाती मात्रै भएकोले प्रभावकारिता हेरेर अझ बढी प्रोत्साहनका कार्यक्रम ल्याइने बताउँनु भयो ।