सम्पर्क

मन्त्रि दुलाल र न्यायधिवक्ता नेपाललाई सम्मानका साथ डडुवा भवानी शंकरको वार्षिकोत्सव

         हिरा ठकुरी /चौतारा

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद) ले दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गदै मन्त्री दुलालले शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा बताउनुभयो । साथै विद्यालयको शैक्षिक एवं भौतिक गुणस्तर विकास र विस्तारका लागि र यस क्षेत्रको समग्र विकासको लागी आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउदै शुभकामना समेत दिनुभएको थियो ।
सोहि अवसरमा विद्यालयको भवन मात्र राम्रो होइन शिक्षा सिकाइमा नै उपलब्धी हुन पर्ने बताउँनु भयो । मन्त्री दुलालले आफु निर्वाचित भइ सकेपछी गाँउगाँउमा जुलुस सभा गर्ने होइन जनताको काम गर्ने निर्णय गरेर गाउँगाउँमा नआएको अब बिकासका कार्यक्रम र जनचाहानाको काम लिएर गाँउ जाने बताउँदै आफु भाषणमा होइन काममा बिश्वास गर्न भएकाले काम गरेर देखाउँनकै लागि अगाडि बढीरहेको बताउँनु भयो ।
सो अबशरमा बिद्यालयले मन्त्री युवराज दुलाललाई मन्त्री हुनुभएकोमा र आफ्नो गाँउका अधिबक्ता ज्ञानेन्द्र प्रसाद नेपाललाई बागमती प्रदेश सरकारको न्यायधिबक्तामा नियुक्त हुनु भएको सफल कार्यकालको शुभकामना सहित बिशेष सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवनकृष्ण नेपाल सभापतीत्वतामा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापा,नगर सामाजीक बिकासका संयोजक एवम १३ नं. वडाका वडाअध्यक्ष रामप्रसाद गौतम ,१४ नं. वडाका वडाध्यक्ष उद्धव नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद नेपालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदनका प्रस्तुत गर्नुभएको थियो ।
साँगाचोक माध्यमिक विद्यालय रहेको उक्त विद्यालयको नाम नेत्र बहादुर बस्नेत अध्यक्ष रहदा परिर्वन गरि गाउँकै पहिचान हुने गरि डडुवा भवानी शंकर माध्यमिक विद्यालय राखिएको थियो ।
कार्यक्रममा उकृष्ठ शिक्षक तथा विद्यार्थिलाई सम्मान गरिएको थियो ।