चौतारामा कटाई सिलाई एड्भान्स तालिम सुरु
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतरामा शुक्रबारदेखी एक महिने सिलाई कटा्रई एड्भान्स तालिम सुरु भएको छ ।
तालिमका चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले उद्घाटन गर्नुभएको थियो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । साथै उहाँले आफुले सिकेको सिप सदुपयोग गर्न सकेमा आर्थिक भार कम पर्ने बताउनुभयो । सिकेको सिप कहिले खेर नजाने हुदाँ एक महिनाको अबधि भरि मेहनतका साथ ध्यान दिएर तालिम सिक्न सबैमा आग्रह समेत गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै ५ नं. वडाका वडासदस्य राम बहादुर घलेले आधारभुतको तालिमले सामान्य घरपरिवारका कपडा सिलाई गर्न मात्रै सकेपनि ठुलो उपलब्धी हुने बताउनुभयो ।
चौतारा साँगाचोकागढी नगरपालिका वडा न ५ को वडास्तरीय महिला संजालको आयोजनामा र चौतारा साँगाचोकग...
